प्रतिनिधि सभातर्फ रुपन्देहीमा सत्ता गठबन्धन ‘शून्य’

प्रतिनिधि सभातर्फ रुपन्देहीमा सत्ता गठबन्धन ‘शून्य’
+
-

बुटवल – रुपन्देहीमा प्रतिनिधिसभामा एमालेले ३, राप्रपा र लोसपाले १–१ सिट जितेका छन्। रूपन्देहीमा सत्तारूढ गठबन्धनले कुनै पनि क्षेत्रमा प्रतिनिधि सभा जित्न सकेन। २०७४ मा क्षेत्र नं. ४ र ५ दुई वटा निर्वाचन क्षेत्रमा जितेको नेपाली कांग्रेसले यसपटक प्रतिनिधि सभामा जित हासिल गर्न सकेन।

यसअघि १, २ र ३ मा जितेको एमालेले यसपटक १, २ र ५ मा जित हासिल गर्‍यो। ३ मा एमालेले राप्रपालाई समर्थन गरेको थियो। ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले जित हासिल गरेको छ। ४ मा कांग्रेस, लोसपा र जनमत पार्टी छुट्टाछुट्टै र एमाले समर्थनमा जसपाले उम्मेदवारी दिएका थिए।

रुपन्देही १ मा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी भए। उनले सत्ता गठबन्धनको साथ पाएका स्वतन्त्र उम्मेद्वार घनश्याम भुसाललाई ३५ सय मतले हराए। विश्वकर्माले २४ हजार ८७२ मत ल्याउदा भुसालले २१ हजार ३०८ मत ल्याए।

क्षेत्र नं २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पौडेललाई पराजित गर्दै विजयी भए। पौडेलले २७ हजार १४८ मत ल्याउदा गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए भने राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले २२ हजार ०१० मत ल्याए।

यहाँ सत्तारूढ गठबन्धन दल एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएपछि सत्तारूढ दलले राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापालाई समर्थन गरेको थियो।

त्यस्तै रुपन्देही ३ बाट राप्रपा उपाध्यक्ष दिपक बोहोरा बिजयी भए। उनले गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरे। बोहोराले ३६ हजार ७१७ मत ल्याउदा खाँणले ३४ हजार ०३६ मत ल्याए।

त्यस्तै, रुपन्देही ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी भए। उनले कांग्रेसका प्रमोद यादवलाई पराजित गरे। शुक्लले २८ हजार मत ल्याउँदा यादवले २२ हजार ७०४ मत ल्याएका छन्।

त्यस्तै, रुपन्देही क्षेत्र न ५ मा प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरले कांग्रेसका नेता भरत कुमार शाहलाई फराकिलो मतान्तरले हराए। घिमिरेले ३६ हजार ८२२ मत ल्याउदा शाहले २७ हजार १२० मत ल्याए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?