वीरगञ्ज – समानुपातिक मतगणनामा पर्सामा नेपाली कांग्रेस अघि देखिएको छ। कांग्रेसले पर्सामा ६६ हजार ६७५ मत ल्याएर पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। उसले ४२ हजार ९७५ मत प्राप्त गरेको छ।
तेस्रो स्थानमा जसपाको ३८ हजार ४२१ मत रहेको छ। यसैगरि चौथो स्थानमा राप्रपाको २० हजार ८७५, पाँचौँमा नेकपा माओवादी केन्द्रको १३ हजार २७४ मत रहेको छ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ७ हजार ४५१ मत ल्याउँदै छैंटौँ स्थानमा रहेको छ। राष्ट्रिय सुशासन पार्टीले ६ हजार १९१, नेकपा एकीकृत समाजवादी पार्टीले ५ हजार ७३१, लोसपाले ५ हजार ४३ मत, जनतमत पार्टीले ३ हजार ९१९, नेपाल संघीय समाजवादी पार्टीले ३ हजार ४२२, नागरिक उन्मुक्ति पार्टीले ३ जहार ३८९ मत र नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २२४ मत ल्याएको छ।
बारामा भने नेकपा एमालेले समानुपातितर्फ सबैभन्दा बढी मत ल्याएको छ। एमालेले ५९ हजार ९३५ मत ल्याएर पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ५१ हजार १७८ मत रहेको छ। जसपाले ४२ हजार ६०७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
१९ हजार ९३० मत ल्याएर जनमत पार्टी चौथो स्थानमा रहेको छ। पाँचौ स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ हजार ८ मत ल्याएको छ।१७ हजार ९२७ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीर छैंटौँ स्थानमा रहेको छ।
सातौँ स्थानमा रहेको लोसपाले १६ हजार ८५० मत पाएको छ। राप्रपाले ११ हजार १९४ मत ल्याउँदै आठौँ स्थानमा छ। नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ९ हजार ४२५ मत पाएको छ। नेकपा एसले ९ हजार ४१४ मत पाएको छ। नेपाल संघीय समाजवादी पार्टीको ३ हजार ९९५ मत रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































