साउदीलाई हराएपनि गोल अन्तरमा पछि रहँदा अभागी बन्यो मेक्सीको  

साउदीलाई हराएपनि गोल अन्तरमा पछि रहँदा अभागी बन्यो मेक्सीको   
+
-

काठमाडौं-विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा मेक्सीकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउटचरण पुग्न असफल भएको छ। अर्जेन्टिनासँग हारका बावजुत पोल्यान्डले भने अन्तिम १६ मा स्थान पक्का गरेको छ।

बुधबार राति लुसाइल स्टेडियममा भएको खेलमा मेक्सीकोले साउदीलाई पूर्ण दबाबमा राख्दै जित निकालेपनि पोल्यान्डसँग गोल अन्तरमा पछि पर्दा नकआउट चरणको आस समाप्त भएको थियो।

दुवैको समूहमा समान ४ अङ्क भएपनि साउदीले इन्जुरी समयमा गोल फर्काउँदा मेक्सीको गोल अन्तरमा पछि पर्‍यो।

त्यसोत २-० कै जित निकालेको भएपनि फेयर प्लेमा मेक्सीको पछि पर्न सक्ने अवस्था रहेको थियो। तर त्यसअघिनै गोल डिफ्रेन्समानै मेक्सीको पछि पर्‍यो।

खेलमा मेक्सीकोले ४७ औ मिनेटमा हेनरी मार्टिनको गोलमार्फत अग्रता लिएको थियो। लुइस चाभेजले ५२ औ मिनेटमा अग्रता दोब्बर बनाए। त्यसअघिपनि मेक्सीकोले गोलका राम्रा अवसर बनाएपनि गोल गर्न सकेन।

साउदीले इन्जुरी समयमा १ गोल फर्काउँदै पोल्यान्डको नकआउट सम्भावना बलियो बनाएको थियो। अब ३ डिसेम्बरमा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्दा ४ डिसेम्बरमा फ्रान्स र पोल्यान्ड भिड्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?