वीरगञ्ज – प्रहरीले वीरगञ्जको चामल उधोगमा छापा मारी गरी भन्सार छली ल्याइएका अवैध चामल नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका- ११ रानीघाटमा रहेको चामल उधोगमा छापा मारेको थियो। भारतबाट भन्सार छली ल्याइएका बिभिन्न ब्राण्डका चामल भण्डारण गरी राखिएको आधारमा वडा प्रहरी कार्यालय वृत र सशस्त्र प्रहरी वल नेपाल हे.क्वा नं.१३ गण श्रीपुर वीरगञ्जको संयुक्त टोलीले रानीघाटमा रहेको श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोदकुमार साहको गोदामहरूमा छापा मारेको थियो।
गोदामबाट प्रहरीले २ सय ८१ क्वीन्टल चामल, मैदा १० क्वीन्टल, सर्जिकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन गरी २१ लख १६ हजार ४ सय बराबरको चामल तथा अन्य सामाग्रीहरू बरामद गरेको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।
नियन्त्रणमा लिइएको चामलसहित अन्य सामाग्रीहरुलाई आवशयक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गिरीले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































