सेती खोंचलाई गन्तव्य बनाउन महोत्सव

सेती खोंचलाई गन्तव्य बनाउन महोत्सव
+
-

पाेखरा- पोखराको पचभैयामा निर्माण भएको खुला चिडियाखानाको देन पोखरा युनाइटेड क्लबलाई जान्छ। बर्सेनि हुने पोखरा महोत्सवबाट भएको बचतले निर्माण गरिएको खुला चिडियाखानालाई गण्डकी प्रदेश सरकारले गौरवको योजनामा राख्दै डिभिजन वन कार्यालय कास्की मातहातमा छ।

अब युनाइटेड क्बलले सेती नदीको खाेंचलाई पर्यटकीय गन्तव्य बनाउन पहल थाल्ने भएको छ। ११ औँ संस्करणको पोखरा महोत्सवबाट बचत रकमले सेती खोंचलाई साहसिक पर्यटकीय गन्तव्य बनाउन पहल कमदी लिने क्लबका महासचिव रिदेश सुनारले बताए।

‘महोत्सवमा काटिने प्रति टिकटको १ रुपैयाँ छुट्याएर सेती नदी संरक्षणको अभियान बढाइएको छ’, उनले भने।

पोखराको बीच भाग हुँदै बग्ने सेती नदीलाई संरक्षण गरेर गन्तव्य बनाउन सके पोखरा आउने पर्यटकलाई बढाउन सकिने उनको भनाइ छ।

यस्तै, बचत रकमले लेखनाथको अर्चलेमा आवसीय छात्रावास बनाउने योजना समेत छ। क्लबले १२ सामुदायिक विद्यालयमा छात्रावृत्ति कोषको स्थापना गरेर बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको छ।

एघारौं पोखरा महोत्सव आगामी पुस २६ देखि माघ ९ गतेसम्म हुँदैछ। अमरसिंह चौरमा हुने महोत्सवको तयारी सुरु भएको क्लबका अध्यक्ष महोत्सवका मूल संयोजक राजु श्रेष्ठले बताए।

महोत्सवमा रहने २५८ स्टल बुक भइसकेका छन्। साढे २ लाख दर्शकले महोत्सव अवलकोन गर्ने अनुमान गरिएको छ। आर्थिक चलायमान गराइ रोजगार सृजना गराउने उद्देश्य लिएको श्रेष्ठ बताउँछन्।

‘यो क्षेत्रको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक र बाह्य उत्पादित बस्तुको बजार सहजीकरण गराउनलाई महोत्सव गर्दैछौँ’, उनले भने।

पछिल्लो समय हुने मेला महोत्सवमा राखिने पिङ असुरिक्षत हुन थालेपछि यो महोत्सवमा बीमा गरिएको आयोजकले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?