विद्यालयमा नयाँ भवन बन्यो तर कहिल्यै खुल्दैन ताला !

विद्यालयमा नयाँ भवन बन्यो तर कहिल्यै खुल्दैन ताला !
+
-

सिमकोट – जिल्लाको एउटा विद्यालयमा नयाँ निर्माण भएको भवनका कक्षाकोठामा ताला लगाइएको छ भने विद्यार्थीलाई एउटै कोठामा बहुुकक्षा शिक्षण विधिबाट अध्ययन गराउने गरिएको छ।

विद्यालयमा विद्यार्थी संख्या न्यून र शिक्षक दरबन्दी कम हुँदा शिक्षकले उक्त विधिबाट कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेको हो।

सिमकोट गाउँपालिका– ४ को स्याम्ने गाउँको जनज्योति आविका प्रधानाध्यापक कालीबहादुुर शाहीले नयाँ भूकम्पप्रतिरोधी भवन बने पनि शिक्षक दरबन्दी कम र विद्यार्थी संख्या न्यून भएका कारण भवनका कोठामा ताला लगाएर बन्द गर्नुपरेको बताए।

उनले नयाँ भवन चारकोठे रहेको तर भवन निर्माण भएदेखि हालसम्म विद्यार्थीले पठनपाठन गर्न नपाएको जानकारी दिए। भवन गतवर्ष निर्माण भएको हो।

विद्यालयमा नयाँ भवनका साथै अर्को पनि भवन भएका कारण सो भवनको एउटै कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेर बहुुकक्षा शिक्षण विधिबाट कक्षामा पठनपाठन हुने गरेको छ। उक्त विद्यालयमा कक्षा पाँचसम्म अध्ययन हुने गर्छ। तर, नयाँ भवन निर्माण भए पनि कोठामा लगाइएको ताला भने खुलेको छैन।

१८ घरधुरी रहेको स्याम्ने गाउँमा विद्यालय आवश्यक भए पनि अधिकांश घरधुरीका अभिभावकले विद्यार्थीलाई सदरमुुकाम सिमकोटका विद्यालयमा पढाउन थालेपछि सो विद्यालयमा विद्यार्थी संख्या घटेको हो।

सिमकोट गाउँपालिका शिक्षा शाखाका नायब सुुब्बा कृष्णप्रसाद आचार्यले विद्यालयमा २७ जना विद्यार्थीको हारिजी भए पनि दशदेखि १२ जना विद्यार्थी मात्र विद्यालयमा नियमित आउने गरेको अनुुगमनका क्रममा पाइएको बताए।

सो विद्यालयमा भौतिक संरचना राम्रो भए पनि विद्यार्थी संख्या न्यून भएका कारण पठनपाठनमा समस्या देखिएको छ। शिक्षक दरबन्दी पनि भएको, नयाँ र भूकम्पप्रतिरोधी भवन पनि भएको तर विद्यार्थी संख्या कम भएकै कारण थप दरबन्दीको व्यवस्था गर्न समस्या भएको उनले बताए।

हिमाली जिल्लामा विद्यार्थी–शिक्षक अनुुपात एक जना शिक्षक बराबर ४० जना विद्यार्थी हुनुुपर्ने हुन्छ। सो विद्यालयमा दुुई जना शिक्षक दरबन्दी छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष