
१. छेपाराहरू
रङ फेरिरहन्छन्
रङ्गीन हुन।
२. ठेउकेहरू
उरन्ठेउला हुन्छन्
नदाएसम्म ।
३. नजाने बाटो
जानीजानी दौडिँदा
अन्तै पुगिन्छ ।
४. अर्कै आएछ
झण्डा हल्लिए पनि
गाडी हल्लिन्न ।
५. अझै बाँकी छ
समाप्तिको भाषण-
मायाको चिनो ।
६. बार्दली बिना
घरै नबन्ने भो त
‘न्यू डिजाइन ‘!
७. डेरा सर्नुछ
ढिलो चाँडो त्यस्तै हो
देश उस्तै हो ।
८. निम्तो आएछ
मुख मिठ्याउँदै छन्
दौरा किन्दैछन् ।
९. ओठ पोल्छ कि !
खिचडी पाक्दैछ रे
अगुल्टो तान्दै !!
१०. जोड -घटाऊ
विश्वास -अविश्वास
हिसाब मिल्यो !