सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन

सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन
+
-

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ मेसिन आइपुगेको छ।

अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले लामो समयदेखिको पहलपछि मेसिन आइपुगेको बताए। उनले भने, ‘क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने लिन्याक मेसिन खजुरामा आवश्यक थियो। सरकारी बजेटबाट किनिएको यो मेसिन लामो समयदेखि प्रक्रियामा थियो। यो पश्चिम नेपालका जनताका लागि खुशीको कुरा हो।’ उनले यसका लागि स्वास्थ्य मन्त्रालयलाई धन्यवाद पनि दिएका छन्।

मेसिन छिट्टै सञ्चालन गर्ने तयारी गरिएको छ। कार्यकारी निर्देशक डा. भट्टराईका अनुसार यो क्यान्सरका बिरामीलाई सेकाइ गर्ने मेसिन हो। अब क्यान्सरका बिरामीहरु अप्रेसन गर्नुअघि र अप्रेसन गरेपछि गरिने सेकाइका लागि अन्यत्र जानु पर्दैन।

खजुरा क्यान्सर अस्पतालमा यो मेसिन नहुँदा बिरामीलाई सेकाइका लागि काठमाडौँ, चितवन या भारत जानुपर्ने बाध्यता थियो।

नेपाल सरकारबाट विनियाेजित बजेटबाट प्राप्त भएको र खरिद प्रक्रिया सुरू भएको लामो समयपछि धेरै प्राविधिक जटिलताकाबीच स्वास्थ मन्त्रालयको सहयोगमा मेसिन खजुरा, बाँकेस्थित अस्पताल आइपुग्दा निकै खुसी लागेको डा.भट्टराईले बताए। ‘मन्त्रालयले गरेको सहयोगले बिरामीसम्म सहज उपचार पुग्ने विश्वास छ,’ उनले भने।

करिब दुई महिना अघि कार्यकारी निर्देशक भएर डा. भट्टराई आएपछि अस्पतालले गति लिन थालेको स्थानीयहरू बताउँछन्। अस्पतालबाट जटिल प्रकृतिका शल्यक्रिया गर्न अन्यत्र जानु पर्ने बाध्यता कम भएकाे भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्। अहिले साे अस्पतालमा अत्यावश्यक मध्यपश्चिम र सुदुर पश्चिमकै सम्भवत पहिलाे ‘पाेजेटिभ प्रेशर’ आई. सी. यु भर्खरैमात्र बनिसकेको छ जसका कारण अब आउने दिनहरूमा क्यान्सरका जटिल शल्यक्रियाहरू गर्न र गम्भीर अवस्थाका क्यान्सर बिरामीहरूलाई उपचार गर्न सहज हुने भएको छ।

अब क्यान्सर केन्द्रित सेवा मात्र प्रदान गर्ने गरी अगाडि बढ्ने योजना रहेको डा. भट्टराईले बताए। अस्पतालमा अब केही समयमै ‘हस्पिस’ तथा ‘प्यालिएटिभ केयर’को सुविधा पनि अस्पतालको अलग भवनबाट सुरु हुनेछ। नेपालगन्ज धम्बोजी चोकबाट करिब १० कि.मी भित्र खजुरा गाउँपालिकामा अवस्थित अस्पताल मध्य तथा सुदुरपश्चिमको एकमात्र क्यान्सर अस्पताल हो।

संघीय अस्पताल भए तापनि स्थायी दरबन्दी स्वीकृत नभएकोले उक्त अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन चूनौतीपूर्ण रहेको र हाल ‘ओ एण्ड एम’ गरी स्थायी दरबन्दी सिर्जना गर्न अध्ययन तथा पहल प्राथमिकताका साथ भइरहेको छ।

साथै क्यान्सरका बिरामीलाई अस्पतालसम्म आइपुग्न सहज वातावरण बनाउन खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका सँग समन्वय गरी क्यान्सर अस्पतालको गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गर्न,थप एम्बुलेन्स र शव वाहनको व्यवस्था गर्न, क्यान्सरका बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गर्न र खजुरा गाउँपालिकाको सहयोगमा अस्पताल प्राङ्गणमा हाइमास्ट लाइटको व्यवस्था तथा विद्युत प्राधिकरणसँग डेडिकेटेड लाइनको व्यवस्था गर्न पहल भइसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष