
नेपालगञ्ज- नेपालगञ्जमा दादुरा संक्रमण फैलिएपछि स्वास्थ्य सेवा विभागको टोली नेपालगञ्ज आइपुगेको छ।
विभागका व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेस शर्मा र परिवार कल्याण महाशाखाका खोप अधिकृत वसन्त श्रेष्ठ नेपालगञ्ज आइपुगेका छन्।
नेपालगञ्ज आइपुगेको टोलीले यहाँका स्वास्थ्य अधिकारीसँग छलफल गरेका छन्। उनीहरू समुदायमा पनि जाँदैछन्।
नेपालगञ्जमा पुस १२ गतेदेखि दादुरा संक्रमण देखिएको छ। त्यसलगत्तै पठाएको स्याम्पलको १९ गते रिपोर्ट आएको थियो।
दादुरा पुष्टि भएको ६ दिनपछि काठमाडौँबाट टोली आएको छ। नेपालगञ्जका ११ वटा वडामा दादुरा फैलिएको छ। संक्रमितको संख्या ७६ जना पुगेको छ। संक्रमण बढ्दो छ।
तीन दिनदेखि नेपालगञ्जका ५, ७ र ८ नम्बर वडामा दादुराविरुद्धको खोप लगाइएको छ।
अहिलेसम्म एक हजार २ सय ५८ जनाले खोप लगाएका छन्। दादुरा खजुरा गाउँपालिकामा पनि देखिएको छ। खजुरामा दुई जनामा दादुरा देखिएको छ।