थप ३० हजार डोज दादुराको खोप नेपालगञ्ज आइपुग्यो

थप ३० हजार डोज दादुराको खोप नेपालगञ्ज आइपुग्यो
+
-

नेपालगञ्ज – नेपालगञ्जमा दादुरा खोपको दायरा बढाउँदै लगिएको छ।

दादुरा संक्रमण देखिएपछि तीन वटा वडाबाट सुरु गरिएको खोप अभियान १४ वटा वडा पुर्‍याइएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वडा छन्।

दादुराविरुद्धको खोप मासिक रुपमै लगाइन्छ। तर यसमा छुटेका धेरै बालबालिकामा दादुरा देखिएपछि विशेष अभियानको रुपमा अहिले खोप लगाइएको छ। सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगञ्जका सबै वडामा खोप अभियान पुर्‍याउने तयारी गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार, वडा नं. १० मा पनि खोप लगाउन सुरु गरिएको छ। शुक्रबार १३ वटा खोपकेन्द्रबाट खोप लगाइएको छ।

नियमित अभियानमा खोप नलगाएकाहरु अहिले दादुरा संक्रमण देखिएपछि खोप लगाउन आइरहेका छन्। देशभर नै चर्चा भएपछि र दादुराबाट बालकको मृत्युसमेत भइसकेकाले खोप नलगाएर बसेकाहरु खोप लगाउन आएका छन्।

खोप लगाउनेको संख्या बढ्दै गएपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० हजार डोज खोप पठाइदिएको छ। यहाँ ६ हजार पाँच सय डोज स्टक नै थियो।

नेपालगञ्जमा अहिलेसम्म एक सय ३० जना दादुरा संक्रमण देखिएको छ। त्यसमा ७१ जना निको भइसकेका छन्। नेपालगञ्जमा एक जनाको अस्पतालमा उपचार भइरहेको छ। खजुरामा दुई र कोहलपुरमा एक जनामा संक्रमण देखिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष