बालकल्याण विद्यामन्दिरले मनायो ४० औं स्थापना दिवस

बालकल्याण विद्यामन्दिरले मनायो ४० औं स्थापना दिवस
+
-

मोरङ – विराटनगरस्थित बालकल्याण विद्यामन्दिरले शनिबार विभिन्न कार्यक्रम गरेर ४० औं स्थापना दिवस मनाएको छ।

०४० सालमा स्थापित विद्यालयले स्थापना दिवससँगै २० वर्ष कार्य पूरा गरेका ८ जना कर्मचारीलाई समेत सम्मान गरेको छ।

नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयले कक्षा १२ मा यसैवर्ष प्रदेश १ कै प्रथम नतिजा ल्याउन सफल भएको छ। स्थापना दिवसको उद्घाटन गर्दै महानगरका मेयर नागेश कोइरालाले महानगर पछिल्लो समय उत्कृष्ट शैक्षिक केन्द्र बन्दै गएको बताए।

विगतमा उच्च शिक्षा अध्ययनका लागि विराटनगरबाहिर जानुपर्ने बाध्यता अब नरहेको बताएका मेयर कोइरालाले भने, ‘अब विद्यार्थीलाई अध्ययन गराउनका लागि काठमाडाैँ भारतको पश्चिमबंगाल, सिक्किमलगायत स्थानमा पुर् याउनु पर्दैन। त्यो बाध्यताबाट विराटनगर बाहिर निस्किसकेको छ। यहाँ अन्य क्षेत्रबाट अध्ययनका लागि आउनेक्रम बढ्दो छ। गुणस्तर शैक्षिक प्रदान गर्नेमध्ये विराटनगर उपल्लो दर्जामा उभिएको छ।’

सोही क्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रविन दाहालले विराटनगरको शैक्षिक क्षेत्रमा चार दशकदेखि विकेभिएम स्कुलले योगदान पुर्‍याउँदै आएको चर्चा गरे।

उनले दुईपटक बोर्ड प्रथम गरेर विराटनगरको शोभा बढाएको बताए। यस वर्ष कक्षा १२ मा तीन जना विद्यार्थीले प्रदेश १ कै प्रथम नतिजा ल्याएका बताएका दाहालले भने, ‘पटक–पटक उत्कृष्ट नतिजा ल्याउँदै विद्यालयले विराटनगरको शोभा बढाएको छ। हामी गुणस्तरीय शिक्षाका लागि कटिबद्ध छाँै। शिक्षासँगै विद्यार्थीलाई व्यावहारिक ज्ञानसमेत दिने गरेका छौँ।’ ३ हजार २ सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा २ सयभन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्।

कार्यक्रममा महानगर उपप्रमुख शिल्पा निराला कार्की, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बा, अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थी, विद्यालयका संस्थापक अध्यक्ष चिरञ्जीवी दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीले विभिन्न जातीय पहिचान झल्कने नृत्य र फेसन सो प्रस्तुत गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष