
नेपालगञ्ज- बाँकेमा दादुरा संक्रमण फैलिँदै गएको छ।
नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै देखिएको दादुरा अहिले अन्य गाउँपालिकामा पनि देखिएको हाे।
नेपालगञ्ज उपमहानगरपालिकाका साथै कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा पनि दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए।
नेपालगञ्जमा एक सय ९१ जनामा दादुरा देखा परिसकेको छ। खजुरामा तीन जना, कोहलपुरमा दुई जना र नरैनापुरमा एक जनामा दादुरा देखिएको छ। दादुरा देखिएको ठाउँमा दादुराविरुद्धको खोप अभियान थालिएको छ।
नेपालगञ्जका १६ वटा वडामा खोप अभियान सञ्चालन गरिएको छ।
खजुरा गाउँपालिकाका ८ वटै वडामा खोप अभियान थालिएको छ।
जिल्लामा अहिलेसम्म २ सय ९ जनामा दादुरा देखिएकोमा १ सय ५० जना निको भएका छन् भने ५८ जना उपचारमा छन्। एक जनाको मृत्यु भएको छ।