काठमाडाैँ- पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला परेको छ।
फोर सिजन माउन्टेन ट्रेकबाट असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोकका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव तीन महिनापछि फेला परेको हो।
पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धौलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधवार काठमाडौं ल्याइएको हो।
मृतक लामाको शव भने भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक वसन्त लिम्बूले जानकारी दिए।
हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको थियो। कार्कीको शव एयर डाइनेष्टिक हेलिकप्टरमार्फत् पोखरा ल्याई त्यहाँबाट शव वाहनमार्फत काठमाडौँ ल्याइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले जानकारी दिए।
यस्तै, लामाको शव पनि ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको उनको भनाइ थियो। मृतक कार्कीको शवलाई हाल शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































