मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरू

मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरू
+
-

काठमाडौँ- आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा बिच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको अन्तिम परीक्षण कार्य बिहीबार रू भएको छ ।

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा बिच्छ्याइएका १,०१० किलोमिटर खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका करिव ५५० किलोमिटर पाइपलाइनको आजदेखि चरणवद्धरूपमा अन्तिम परीक्षण गर्ने कार्य शुरू भएको हो ।

यसअनुसार काठमाडौंका गौशाला, पुरानो बानेश्वर, सूर्यविक्रम ज्ञवाली सडक र पिङ्गलास्थानमा रहेका जम्मा ७०१ घरमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको अन्तिम परीक्षण कार्य आजदेखि शुरू भएको छ । अन्तिम परीक्षण शुरू भएका स्थानका घरहरूमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको परीक्षणका लागि दुई दिन दुई रात अर्थात ४८ घण्टासम्म खानेपानी पाइपमा अधिक मात्रामा क्लोरिन मिसाइएको पानी राखिने गरिन्छ ।

परीक्षणका लागि पाइपमा राखिएको अधिक क्लोरिन मिसाइएको पानी व्यक्तिगत प्रयोग तथा घरायसी प्रयोजनका लागि समेत हानिकारक हुने भएकाले प्रयोग नगर्न र परीक्षण अवधिभर धारा नखोली नयाँ पाइपलाइनको अन्तिम परीक्षणमा सहयोग गर्नहुन सम्बन्धित सबैलाई अनुरोधसमेत गरीएको छ।

अन्तिम परीक्षणको अवधिमा कसैले धारा खोलेमा परीक्षण असफल हुने र पुनः परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भई मेलम्चीको खानेपानीको नियमित आपूर्ति समेत अवरूद्ध हुने जानकारी गराएका छन्।

पहिलो चरण अन्तर्गत नै यही फागुन ७ गते बालाजुको खुशीबु क्षेत्रका चौमती पुल, इन्द्रायणी मन्दिर हुँदै लिङ्क रोड, सोह्रखुट्टे, मेडिकल चोक, लिङ्क मार्ग, नर्सरी चोक र गीताञ्जली चोकका जम्मा ६९७ घरमा जडान गरिएका नयाँ खोपानी पाइपलाइनको अन्तिम परीक्षण कार्य शुरू गरिनेछ । यसैगरी, यही फागुन ९ गते कोटेश्वरका नरेफाँट तथा जडिबूटी चोक र फागुन १० गते गौशाला, बागमती पुल, तिलगङ्गा, एयरपोर्ट, शम्भुमार्ग र बागमती कोरिडोर क्षेत्रका घरहरूमा मेलम्चीको खानेपानी पाइपलाइनको अन्तिम परीक्षण प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

यस निर्देशनालयले अन्तिम परीक्षण सफल भएका नयाँ पाइपलाइनको स्वामित्व क्रमिकरूपमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्दै जाने र बोर्डले नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण, पाइपलाइनको मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेड लाई दिने व्यवस्था रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?