मालपोत प्रमुख अख्तियारको फन्दामा, कार्यालयको काम लथालिंग

मालपोत प्रमुख अख्तियारको फन्दामा, कार्यालयको काम लथालिंग
+
-

वीरगञ्ज – मालपोत कार्यालय पर्साका निमित्त प्रमुख कमोद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएपछि मालपोत कार्यालय पर्साको कामकाज लथालिंग भएको छ।

तिवारीविरुद्ध अख्तियारमा मुद्दा दर्ता गराएसँगै उनी निलम्बनमा परेका छन्। तिवारी निलम्बनमा परेसँगै मालपोत कार्यालय पर्सा वीरगञ्जको कामकाजसमेत प्रभावित भएको छ।

माघ २० गते अख्तियारले तिवारीविरुद्ध मुद्दा दर्ता गराएसँगै उनी निलम्बनमा परेका हुन्। पर्साको साविक गाबिस बेल्वा–८ मा रहेको जग्गाको श्रेष्ता ब्यक्तिको नाममा कायम गरेको आरोपमा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख तिवारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मालपोत प्रमुख नहुँदा दैनिक आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन्। यसैगरी, एक दिनमै हुने कार्यका लागि तीन चार दिनसम्म लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। मालपोत प्रमुख नै कार्यालयमा नभएपछि विभिन्न किसिमका लिखत पारित, नामसारी, दाखिल खारेजलगायत कार्य ठप्प छ।

ठूलो संख्यामा सेवाग्राहीको भीड लाग्ने मालपोत कार्यालय पर्सा अहिले प्रमुखविहीन हँुदा सेवाग्राही कामै नगराई फर्किन बाध्य भएको ओमप्रकाश यादवले बताए। उनले प्रमुख कार्यालयमा नहँुदा कसैको नामसरी, कसैको जग्गा बिक्रीदेखि मुद्दाको कार्यसमेत रोकिएको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’