र्‍याम्पमा छचल्किएको कुकुर र मान्छेको प्रेम

र्‍याम्पमा छचल्किएको कुकुर र मान्छेको प्रेम
+
-

पाेखरा- रामबजारकी जुनी गुरुङले सडकमा एउटा कुकुर डुलिरहेको देख्थिन्। कुकुरप्रेमी उनले कहिलेकाही खाना दिन्थिन्। उनकै घर वरपर भौतारिरहने कुकुरलाई ३ पटकसम्म घरमा पाल्न लगियो। तर, पालैपालो उनीहरूले त्यो कुकुरलाई सडकमै ल्याएर छाडिदिए। केही दिन मान्छेको प्रेम पाएर फेरि सडकमा फर्किएको त्यही कुकुरलाई सडकमै देखेपछि जुनीले २ वर्षअगाडि निधो गरिन् घरमा लगेर पाल्ने। सडकबाट घरमा पाल्न ल्याएपछि उनले कुकुरको नाम जुराइन ‘ह्याप्पी’। ह्याप्पी परिवारको सदस्य भएर बाँचेको छ।

मंगलबार ह्याप्पीले र्‍याम्पमा क्याटवाक गर्‍याे। पोखरा पेट एसोसियसनले नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा आयोजना गरेको ‘पोखरा डग सो’ मा रेड कार्पेट बिछ्याइएको थियो। कुकुरधनी र कुकुरले भरिभराउ हलमा जुनीको इशारामा र्‍याम्पमा क्याटवाक गरेर उत्कृष्ट हुँदै ह्याप्पीले मेडल जित्यो। मोनाग्रेल्स प्रजातिको कुकरमा प्रतिस्पर्धीलाई पछाडि पार्दै ह्याप्पी उत्कृष्ट ठहरिएपछि जुनी औधी खुसी भइन्। सडकबाट ल्याएको ह्याप्पीले जुनीलाई पनि ह्याप्पी बनाइदियो। उनले भनिन्,  ‘टु मच ह्याप्पी। आजको खुसी त… क्यामेरा अगाडि रुन मात्रै सकेको छैन।’

डग सो सहभागी भएर जित्ने अपेक्षा उनीसँग थिएन्। ‘आजको यो प्रतियोगितामा भाग लिँदा सहभागी मात्रै बन्यौँ भन्ने थियो। जित्छ भनेर मेन्टालिटी थिएन। तर, आशा नगरे पनि जितेँ’, जुनीले भनिन्।

शिक्षण पेशामा आबद्ध उनले कहींकतै गएको बेला ह्याप्पीकै चिन्ताले सताउने सुनाइन्। नबाँधिकन घरमा फुक्काफाल छाडिदिने भएकाले ‘कतै सडकमा निस्किएर दुर्घटना हुने त हैन’ जूनीलाई पिर हुन्छ। क्याटवाकको बखत जुनीले ह्याप्पीलाई गरेको चुम्बनले मान्छे र कुकुरबीचको प्रेम गज्जबै छचल्किन्थ्यो।
जुनीको ह्याप्पीसँगै डग सो मा १७२ कुकुर सहभागी भए। कुकुरधनीको इशारामा ती कुकुरले रेड कार्पेटमा क्याटवाक गरे। कला कौशलको प्रदर्शन गरे।
काखमा बोकेर कुकुरलाई प्रेम र स्नेहपूर्वक सुमसुम्याउँदै क्वाटवाकमा उत्रिएको दृश्य निकै प्रेमिल देखिन्थ्यो। डग सो मा कुकुरको कलाकौशल मात्रै प्रर्दशन भएन। मान्छे र कुकुरबीचको प्रेम पनि प्रदर्शन भयो। निकै बफदार मानिने कुकुर प्रेमी र स्नेही पनि हुन्छन्, डग शोमा सहभागी गराएका कुकुरको हाउभाउले बोल्थ्यो।

डग सोमा प्रजाति अनुसारको प्रतिस्पर्धा गराइएको थियो। इमान्दारिता, कलाकौशल र स्वास्थ्यको आधारमा सहभागी १७१ वटा कुकरलाई प्रतिस्पर्धामा पछाडि पार्दै शनी श्रेष्ठको गोल्ड रिट्रबर प्रजातिको प्रिन्स नामक कुकरले डग सोको उपाधि हात पारेको छ। प्रिन्सले काठमाडौँमा सन् २०१८ मा भएको प्रतियोगिता पनि जितको स्वाद शनीलाई चख्याएको थियो। ५ वर्षपछि फेरि प्रिन्सले शनीलाई उपाधिको खुसीसँगै २५ हजार रुपैयाँ प्राप्त गर्ने अवसरसमेत दिलायो।

शनिले देश सञ्चारसँग प्रतिक्रिया दिए, ‘खुसीको कुरै नगरौँ।’ उनले कुकुरलाई माया गर्नुपर्ने बताए। कुकुरबारे ज्ञान नभइ पाल्दा कुकुरले पनि दुख पाउने मान्छेले पनि दुख पाउने उनको भनाइ छ। डग सोमा उत्कृष्ट १० कुकुरलाई पुरस्कृत गरिएको छ। रक श्रेष्ठले पालेको पासा नामक बुल मार्सिस प्रजातिको कुकुर दोस्रो, सन्तोष गुरुङको पिनट प्रजातिको सिनु तेस्रो, विकास गुरुङको जर्मन सेफर्ड प्रजातिको अली चौथो हुन सफल भयो।

कुकुरको स्याहारसुसार र पोखरामा भएका कुकुरबारे जानकारी दिने उद्देश्यले पोखरा पेट एसोसियसनले डग सो आयोजना गरेको हो। एसोसियसनका अध्यक्ष गणेशबहादुर भण्डारीले कुकुरप्रेमीको संख्या पोखरामा धेरै भएकाले अनुभव आदानप्रदानका लागि डग सो आयोजना गरेको बताए। उनले भने, ‘कुकुरहरूको व्यवस्थित पालन कसरी गर्ने रहेछ एक अर्काको कुकुर हेरेर सिक्न, व्यावसायिक मान्छेहरूसँगको परामर्श दिनलाई एकअर्काको भेट गरायौँ।’ ब्रिड अनुसार मात्रै नभएर स्थानीय प्रजातीका कुकुरलाई पनि प्रतिस्पर्धामा सहभागी गराएको उनले बताए।

कुकुरलाई परिवारको सदस्य मान्ने भएकाले प्रतियोगिता आवश्यक ठानेको अध्यक्ष भण्डारी बताउँछन्। ‘एउटा परिवारको सदस्य ठानेर कुकुर पालिन्छ। उनीहरूलाई पनि केही स्थान होस्। कुकुर पाल्नेलाई प्रोत्साहन होस् भनेर कार्यक्रम गर्‍याैँ’, उनले भने। पोखरामा यो दोस्रो पटक ‘पोखरा डग सो’ भएको हो। काखमा कुकुर च्यापेर आएका कुकुरधनीले भेट डाक्टर, पेट सप सञ्चालकसँग परामर्श लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?