चर्को स्वरमा डिजे बजाए कारबाही गरिने

चर्को स्वरमा डिजे बजाए कारबाही गरिने
+
-

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा चर्को स्वरमा डिजे बजाउनेलाई कारबाही गर्ने भएको छ। अस्पताल, विद्यालयजस्ता स्थानमा विभिन्न कार्यक्रममा चर्को स्वरमा डिजे बजाइएको भनी जनगुनासो आएपछि प्रशासनले कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार विभिन्न कार्यक्रममा बजाइएको चर्को स्वरका डिजे बाजा ध्वनि प्रदूषण गरी बजाउन तथा एक ठाउँबाट अर्को ठाउँमा सवारी साधनमा राखेर लैजान रोक लगाइएको छ।

सूचनाको अटेर गरी चर्को स्वरमा डिजे बजाए कानुनअनुसार कारबाहीसमेत गरिने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जारी गरेको सूचनामा उल्लेख छ।

सार्वजनिक स्थलमा चर्को आवाजमा डिजे बजाउँदा ध्वनि प्रदूषण हुनुका साथै मौलिक बाजागाजा, मौलिक संस्कृतिसमेत लोप हुन लागेको सूचनामा जनाइएको छ।

साथै, नजिकिएको होली पर्वमा जथाभावी रंग हाल्ने, लोला हान्ने, बाटो अवरुद्ध गरी सवारी साधनबाट रकम असुल्नेजस्ता कार्य नगर्न पनि जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ। यस्तो क्रियाकलाप गरेको पाइए कानुनअनुसार कारबाही गरिनेसमेत प्रशासनले चेतावनी दिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’