अवस्थाले व्यवस्था परिवर्तन गर्छ, गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना: कमल थापा

अवस्थाले व्यवस्था परिवर्तन गर्छ, गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना: कमल थापा
+
-

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरूले गरिरहेको राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीव्र रोष प्रकट गरेका छन्।

‘पूर्व राष्ट्र प्रमुख र पूर्व प्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो’, थापाले भने।

बुधबार काठमाडौँमा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्रकै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे।

अध्यक्ष थापाले मुलुकको अबस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुनसक्ने भन्दै गणतन्त्रका संवाहक हौँ भन्नेहरू नसच्चिए दुर्घटना अवश्याम्भवी भएको दावीसमेत गरे।

‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन्, ठूला नेताहरू ब्रम्हलुटमा लिप्त छन्। यो दुर्घटनाको सङ्केत हो’,उनले भने।

भ्रष्टाचार, बेरोजगारी, कुशासन, धर्मपरिवर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको पनि बताए।

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौलालगायत जनवर्गीय संगठनका अध्यक्षहरूले बोलेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?