छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन

छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन
+
-

इरानमा बुधबार सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रपतिको वेबसाइटमा इब्राहिम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे निरन्तर जानकारी’ उपलब्ध गराउने जिम्मेवारी दिएको उल्लेख छ।

एक सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ।

उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानीका तीन गरी कम्तीमा १० वटा छात्रा विद्यालयलाई निशाना बनाइएको सञ्चारमाध्यमले जनाएका छन्।

समाचार संस्था तस्निमका अनुसार तेहरानका तीनवटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण एक सय आठ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ।

राष्ट्रपति रायसीको वेबसाइटमा प्रभावित विद्यार्थीका ‘परिवारको चिन्ता कम गर्न’ उनले वाहिदीलाई जिम्मेवारी तोकी अनुसन्धानका लागि निर्देशन दिएको उल्लेख गरिएको छ।

वाहिदीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा बलले संदिग्ध विषाक्ततासम्बन्धी घटनामा तीन जनालाई हिरासतमा लिएको जानकारी गराए।

पवित्र शहर कोमका विद्यालयहरूमा मुख्यतया मलमा प्रयोग गरिने नाइट्रोजनको अंश फेला परेको उल्लेख गरिएको तर यसमा पूर्ण सत्यता नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले घटनाको खण्डन गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?