राष्ट्रपति निर्वाचन: प्रचारप्रसार गर्न कांग्रेसले सातै प्रदेशमा खटायो पदाधिकारी

राष्ट्रपति निर्वाचन:  प्रचारप्रसार गर्न कांग्रेसले सातै प्रदेशमा खटायो पदाधिकारी
+
-

काठमाडाैँ- यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले पदाधिकारीलाई सातै प्रदेशमा खटाएको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई खटाउने निर्णय गरेको हो।

जसअनुसार कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति निर्वाचनमा खट्न लगाएकाे छ।

आठ दलकाे समर्थनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र राष्ट्रपति निर्वाचनकाे उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट भने सुवाष नेम्वाङ उम्मेदवार रहेका छन्।

निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाताले मतदान गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?