थानकोट-चित्लाङ सडकमा यातायात सञ्चालन

थानकोट-चित्लाङ सडकमा यातायात सञ्चालन
+
-

काठमाडाैँ- थानकोट-चित्लाङ सडकखण्डमा बिहीबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन्। कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो।

काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ।

यसअघि काठमाडौँबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो।

भीमफेदी-कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई चित्लाङ-थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए।

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाडौँ एवं निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट-चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधनलाई थानकोट–चित्लाङको सडकमार्गबाट आजदेखि आगामी चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारी साधनलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ।

काठमाडौँबाट हेटौँडा र हेटौँडाबाट काठमाडौँतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?