सौर्यले गर्‍यो पोखरामा पहिलो रात्रिकालीन उडान

सौर्यले गर्‍यो पोखरामा पहिलो रात्रिकालीन उडान
+
-

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सफल रात्रीकालीन उडान भएको छ। सौर्य एयरलाइन्सले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रीकालीन उडान र अवतरण गरेको हो।

पुस १७ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत साता मात्रै रात्रिकालीन उडानका लागि तयार भएको थियो। फेब्रुअरी २३ देखि रात्रिकालीन उडानका लागि उपकरणमा आधारित इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रविधि तयार थियो। तर, रात्रिकालीन उडान सुरु भएको थिएन।

त्यसअघि भिएफआर (भिजुअल फ्लाइट रुल्स) प्रविधि अनुसार उडान हुँदै आइरहेको थियो। पोखराबाट उडान भर्दै आइरहेका एयरलाइन्स कम्पनीले रात्रिकालीन उडानको तयारी थाले पनि सुरु भएको थिएन।

बुद्ध एयरले फागुन २५ गतदेखि रात्रिकालीन उडानको तयारी गरिरहेको थियो। सौर्यले पूर्व योजनाबिनै बुधबार रात्रिकालीन उडान गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताइन्।

‘सौर्यको दिउँसो फ्लाइट थियो। मौसम बिग्रियो। बेलुकासम्म पानी परिरहेको थियो। रातिमा उडाउन आन्तरिक प्लान गर्‍याे। हामी सेवा दिन बसेका हौँ। सेवा दियौँ’, उनले भनिन्।

रेग्मीका अनुसार बुद्धसँगै अरु एयरलाइन्सले पनि रात्रिकालिन उडानका लागि आन्तरिक तयारी गरिरहेका छन्।

सौर्य एयरलाइन्सका पोखरा प्रमुख नवदीप केसीका अनुसार नाइन एन एएमई जेट इन्जिनको जहाजले ८ बजेर ३६ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो। काठमाडौँबाट ३३ यात्रु बोकेर जहाज पोखरा आएको थियो।

९ बजेर ४ मिनेटमा ४६ यात्रुसहित जहाजले पोखराबाट काठमाडौँ उडान भर्‍याे। पूर्वयोजना बिनै रात्रिकालीन उडान गरेको केसीले बताए।

‘मौसम खराबीका कारण सबै उडान क्यान्सिल भए। हामीले क्यान्सिल नगरिकन डिले गर्‍याैँ’, उनले भने।

साढे ६ बजे उडान तयारी गरेता पनि एयर ट्राफिकका कारण झन् ढिला भएको केसीले जानकारी दि ।

रात्रिकालीन उडान भरेर पोखरा आएका मोहन भण्डारीले ऐतिहासिक क्षणको हिस्सेदार बन्न पाउँदा रोमाञ्चित महसुस गरेको बताए।

उनले पोखरा आउनका लागि ३ बजेर २० मिनेटको टिकट काटेका थिए। मौसममा आएको खराबीको कारण तोकिएको समयमै उडान भएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?