राजनीतिक स्थायित्वका लागि राष्ट्रपति पदको प्रस्ताव अस्वीकार गरेको हाे: माधव नेपाल

राजनीतिक स्थायित्वका लागि राष्ट्रपति पदको प्रस्ताव अस्वीकार गरेको हाे: माधव नेपाल
+
-

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि आफूले राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्।

पार्टीको दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटीको पूर्ण बैठकको शनिबार उद्घाटन गर्दै उनले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवा आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा रहेकाले सो पदको प्रस्तावलाई त्याग गरेको बताए।

आठदलीय गठबन्धनबाट अब निर्वाचित हुने राष्ट्रपतिले आफ्नो काम, अधिकार र कर्तव्यलाई बुझेर पदको गरिमा उच्च राख्नुपर्ने उनको भनाइ थियो।

एकीकृत समाजवादीले अवलम्वन गरेका आदर्शले राष्ट्रिय राजनीतिमा पार्टीको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले पार्टीलाई कसैले पनि कमजोर नठान्न चुनौती दिए।

केही समयअगाडि एकीकृत समाजवादीलाई पार्टी नै नमन्ने नेता राष्ट्रपति निर्वाचनमा पछिल्लो पटक विकास भएका घटनाक्रमबाट अतालिएर सहयोग माग्न आएको उनले स्मरण गरे।

विद्यमान छुवाछूत, विभेदलगायत सामाजिक विकृति न्यूनीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष नेपालले दलित समुदायका अधिकार स्थापित गर्न उनीहरू एकताबद्ध हुनुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?