मिथिलामा आज पञ्चकोशो परिक्रमा समापन हुँदै, भक्तजनको भीड (तस्बिरसहित)

मिथिलामा आज पञ्चकोशो परिक्रमा समापन हुँदै, भक्तजनको भीड (तस्बिरसहित)
+
-

जनकपुरधाम- मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन मंगलबार तीर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ। अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

सोहीअनुसार अन्तरगृह परिक्रमामा पनि लाखौँ भक्तजनले सहभागिता जनाउने गर्दछन्। अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागिता रहेको छ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमबार जनकपुरधाम फर्केर विश्राम गरेको थियो।

परिक्रमामा सहभागिहरूका लागि यहाँका स्थानीय संघसंस्था एवं युवा क्लबहरूले ठाँउ ठाँउमा निःशुल्क स्वास्थ्य शिविर, चिया, खाजा लगायतका
व्यवस्थापन गरेका छन्।

अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालु जनकपुरधामको गंगासागरलगायत यहाँका विभिन्न धार्मिक सरोवरहरूमा स्नान वा सेचन गर्दै रामजानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन्।

पहिला त्यहाँ विशाल कदमको रुख थियो। हाल त्यहाँ पञ्चमुखी हनुमानजीको मूर्ति स्थापना गरिएको छ। कदम चोकमा पुगेर आफूले राखेको निशानी (पत्थर) हटाएपश्चात लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखाडामा गदाको दर्शन गर्दै सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ।

मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तीर्थहरू भन्दामाथि रहेको शास्त्रमा उल्लेख छ। परिक्रममा सहभागी स्थानीयहरुका अनुसार परिक्रमा गर्ने भनेको जनकपुरमा १५ दिन दिन परिक्रमा गर्न नसकेपनि पञ्चकोशी परिक्रमा गरेर सो सरह फल प्राप्त हुने बताउँछन्।

नाङ्गो पाउले भक्तालुहरुले परिक्रमा गर्दा भगवानको परिक्रम गरेको फल प्राप्त हुने मान्यता रहेको बताउँछन्। यो परम्परा धार्मिक हिसाबले धेरै पुरानो परम्परा रहेको र यसको परिक्रमा गर्दा सुख शान्ति प्राप्त हुने विश्वास रहेको बताउँछन्। उनीहरुले परिक्रममा नेपाल र भारतबाट समेत धेरै भक्तजनहरू आउने बताए।

जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरूपमा शुरू भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारत बिहारको करूणा, विशौल हुँदै जनकपुरधाममा विश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?