संसदमा महिलाको भूमिकाको मूल्यांकन भएनः मन्त्री शर्मा

संसदमा महिलाको भूमिकाको मूल्यांकन भएनः मन्त्री शर्मा
+
-

काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन्।

उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन्।

सञ्चारमन्त्री शर्माले भनिन्, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ। कति सफल भएका हौँला, कति असफल भएका हौँला। अवसर पाएका पुरुषहरू सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरू पनि सबै सफल हुँदैनन्। तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ। यहाँनेर समस्या छ। जतिसुकै कष्ट गरेर भए पनि हामी अवसर पाएका महिलाहरू उत्तीर्ण हुनैपर्छ। संसदभित्र हेर्‍याैँ भने हामी कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै कानुन बनाउँदा संशोधन महिलाले नै हाल्छन्,संसदमा कोरम पुर्‍याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ। तर पनि बाहिर आउँदा मूल्यांकन हुँदैन, चर्चासम्म पनि हुँदैन।’

उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्यांकन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने पनि बताइन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’