नेपालगञ्जका बालबालिकाले खोप किन लगाउँदैनन् ? खोजिँदै

नेपालगञ्जका बालबालिकाले खोप किन लगाउँदैनन् ? खोजिँदै
+
-

नेपालगञ्ज – नेपालगञ्जका बालबालिकाले खोप किन लगाउँदैनन् रु यो प्रश्नको उत्तर खोज्न नेपालगञ्जमा घरदैलो सर्वेक्षण थालिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघरमा पठाएर खोप लगाए/लगाएको बुझ्ने र खोप लगाएका छैनन् भने लगाउने र उनीहरुलाई यसअघि किन नलगाएको भनेर सोध्न पठाएको छ।

नगरका २३ वटै वडामा यो अभियान शुरु हुँदैछ । केही वडामा शुरु भइसकेको छ । सरकारले निर्धारण गरेको तार्गेट पूरा हुने तर यहाँका रैथाने बालबालिका खोपमा छुटेको पाइएपछि यस्तो अभियान र सर्वेक्षण थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।

उपमहानगरपालिकाले १६ देखि ५९ महिनाका बालबालिकाले खोप लगाएको÷नलगाएको सर्वेक्षणसँगै खोप लगाउने अभियान थालेको हो । नेपालगञ्जलाई गतवर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ। पूर्ण खोप घोषणा भएको नेपालगञ्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो।

जनस्वास्थ्य निरीक्षक बस्नेतले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बन्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालेको बताए ।
नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्छ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले यो अवधिमा खोप लगाएको वा नलगाएको बुझ्न १६ देखि ५९ महिनाका बालबालिकाको सर्वेक्षण गर्दैछ ।
यतिबेला नगरका विभिन्न वडामा अभिमुखीकरण भइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले फाराम नै देखिएर घरघरमा पठाएको छ । यो सर्वेक्षण पछि नेपालगञ्जमा कति बालबालिका छन् र कतिले खोप लगाएका छन् भन्ने यकिन हुने उनीहरुको भनाई छ । नेपालगञ्जमा खोप नै नलगाउने र लगाएका पनि धेरैले बीचैमा छोड्ने गरेको पाइएको छ ।

सोमबार वडा नं। १५ मा अभिमुखीकरण गरिएको थियो । जनस्वास्थ्य निरीक्षक तेजबहादुर वली, विनोद विक, पिप्रहवा स्वास्थ्य चौकीका इन्चार्ज जयराम पाण्डेलगायतले अभिमुखीकरणमा सहजीकरण गरेका थिए

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष