हुम्लाबाट यस वर्ष एसईईका १२३४ जना परीक्षार्थी सहभागी हुँदै

हुम्लाबाट यस वर्ष एसईईका १२३४ जना परीक्षार्थी सहभागी हुँदै
+
-

सिमकोट – चैत १७ गतेबाट सञ्चालन हुन लागेकोे माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक हजार २३४ जना परीक्षार्थी सहभागी हुने भएका छन्। ६ वटा केन्द्रमा ती परीक्षार्थीले परीक्षा दिने भएका हुन्।

शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक भट्टराईले यसपालिको एसईईमा सहभागी हुने विद्यार्र्थीको संख्या एक हजार २३४ जना रहेको जानकारी दिए। जबकि गत वर्ष एक हजार १३६ जना थिए।

कोरोनापछि जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको संख्या बढी देखिएको हो।

दुुई वर्ष लगातार कोरोनाका कारण पठनपाठन बन्द हुँदा जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्र्थी जिल्लामै आएर एसईई दिने भएपछि उक्त सख्या बढेको हो। जसमा परीक्षा केन्द्र र परीक्षार्थीको संख्यामा सिमकोट गाउँपालिकाका बालमन्दिर माविमा २५६ जना र मानसरोवर मावि केन्द्रमा १८० जना परीक्षार्थी सहभागी हुनेछन्।

त्यसैगरी, सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोडिकोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २४० जना परीक्षार्थीको सहभागिता रहनेछ।

कुल परीक्षार्थीमध्ये साधारणतर्फ एक हजार १४८ जना र प्राविधिक धारतर्फ असी र ग्रेडवृद्धितर्फ ६ जना परीक्षार्थी छन्। यसमा एक हजार २२८ जना नियमित र ६ जना साधारणतर्फको ग्रेडवृद्धिका परीक्षार्थी छन्।

परीक्षार्थीमध्ये ६६० जना छात्र र ५७४ जना छात्राको परीक्षामा सहभागिता रहनेछ। गत वर्ष एक हजार १३६ जना थिए। यसका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट ती साविककै परीक्षा केन्द्रलाई निर्धारण गरिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष