
सिमकोट – चैत १७ गतेबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउन र केन्द्राध्यक्ष तोक्ने कार्य पूरा भए पनि परीक्षाको तयारी पूरा भएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र दुईदेखि तीन दिन अगाडि पुुगेको र परीक्षाको अन्य तयारीसमेत पूरा भएको जानकारी दिए।
त्यसैगरी केन्द्रध्यक्षहरूमा सिमकोट गाउँपालिकाको मानसरोवर अमरबहादुुर शाही र बालमन्दिर माविमा कैलाश रोकाया, हिमज्योति मावि सर्केगार्डमा जयबहादुुर धामी, सर्केगार्ड गाउँपालिकाको कोट मावि रोडिकोटमाा मुमलाल आचार्य, अदानचुलीको सूर्योदय मावि श्रीनगरमा सुरवीर शाही र मदानादेव मावि ताँजाकोटमा धनसिंह बोहरा छन्।
सहायक केन्द्राध्यक्ष र परीक्षा निरीक्षक भने सम्बन्धित विद्यालयले व्यवस्था गर्नुपर्नेछ। परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ। यसपटक एक हजार २३४ जना परीक्षार्थी सहभागी हुँदै छन््। ६ वटा परीक्षा केन्द्रमा ती परीक्षार्थीले परीक्षा दिनेछन्। गत वर्ष एक हजार १३६ जना थिए।
परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र दुईदेखि तीन दिन अगाडि पुुगेको छ। त्यसैगरी केन्द्राध्यक्षमा सिमकोट गाउँपालिकाको मानसरोवर अमरबहादुुर शाही र बालमन्दिर माविमा कैलाश रोकाया, हिमज्योति मावि सर्केगार्डमा जयबहादुुर धामी, सर्केगार्ड गाउँपालिकाको कोट मावि रोडिकोटमाा मुमलाल आचार्य, अदानचुलीको सूर्योदय मावि श्रीनगरमा सुरवीर शाही र मदानादेव मावि ताँजाकोटमा धनसिंह बोहरा छन्।
सहायक केन्द्राध्यक्ष र परीक्षा निरीक्षक भने सम्बन्धित विद्यालयले व्यवस्था गर्नुपर्नेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।