कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त

कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त
+
-

कर्णाली – स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताएका छन्।

विश्व स्वास्थ्य दिवसको ७५औँ अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रियामा आफ्नो प्रस्तुति राख्दै उनले कर्णालीमा कूल नौ सय आठ जनामा तीन सय ६३ मात्र स्वास्थ्य जनशक्ति कार्यरत रहेको बताए। ‘पाँच सय ४४ स्वास्थ्यकर्मीको दरबन्दी आज पनि खाली छ,’ निर्देशक खड्काले भने, ‘यस्तो अवस्थाबाट यहाँको स्वास्थ्य सुधार कसरी हुन सक्छ?’

तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उनले जनाए। निर्देशक खड्काले योगदानमा आधारित स्वास्थ्य बीमाको आवश्यकता औँल्याउँदै स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नीतिमा सुधार हुनुपर्नेमा जोड दिए। उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रममा हुनेले योगदान गर्नुपर्छ र नहुनेले त्यसबाट सेवा लिनुपर्दछ।’

कर्णाली प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले बदलिँदो जीवनशैलीका कारण मानवस्वास्थ्य चुनौतिपूर्ण बन्दै गएको बताए। डा. रिजालले भने, ‘हामीले प्राङ्गारिक उत्पादनसँग जोडिएका गतिविधि गर्न छोड्यौँ र प्रकृति प्रदत्त खानामा ध्यान दिएनौँ, त्यसले हाम्रो स्वास्थ्य अवस्था दिनानुदिन बिग्रँदै गएको छ।’

विश्व स्वास्थ्य सङ्ठन कर्णाली प्रदेश प्रतिनिधि प्रदीप अधिकारीले स्वस्थकर बानी व्यवहार हरेक नागरिकको बाच्ने आधार भएको बताए। जनस्वास्थ्य प्रवर्द्धन हुने कार्यक्रममा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउँदै अधिकारीले स्थानीय सरकारले यसको बढी अपनत्व लिनुपर्नेमा जोड दिए। –रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष