न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दा पुष्टि भए कति हुन्छ सजाय?

न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दा पुष्टि भए कति हुन्छ सजाय?
+
-

काठमाडौँ- न्यायाधीश भुवन गिरी मंगलबार काठमाडौँबाट पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई सामाखुसीबाट पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख दान बहादुर कार्कीका अनुसार न्यायाधीश गिरीलाई मंगलबार नै कपिलवस्तु पठाइएको छ।

कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गिरीकि श्रीमतीले मंसिरमै जाहेरी निवेदन दिएकी थिइन् ।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २० गते पक्राउ पूर्जी जारी गरेको थियो । उनकी श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

गिरीकी कान्छी श्रीमती लामो समयदेखि वैवाहिक बलात्कारको आरोप लगाएर श्रीमानबिरुद्ध आन्दोलित छिन्। बन्धक बनाएर आफूलाई कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप श्रीमतीले लगाएकी थिइन् ।

त्यस्तै श्रीमतीले आफूविरुद्ध जाहेरी दिएसँगै गिरीले पनि पत्नीले पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरी दिएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा गिरीलाई बैबाहिक बलात्कारको मुद्दा दर्ता हुन्छ। वैवाहिक बलात्कार मुद्दामा कानुनअनुसार ५ वर्ष कैद सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ४ मा ५ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ। यद्यपि, यो कानुन स्पष्ट भने नदेखिएको अधिवक्ता विष्णु बस्याल बताउँछिन्।

उनी भन्छिन्, ‘कानुनमा ५ वर्ष कैद भनेर तोकेको छ। यसमा कुनै अन्य व्यवस्था छैन। यदि मुद्दाको फैसला भयो भने ५ वर्ष कैद हुन्छ।’

वैवाहिक बलात्कार मुद्दामा प्रहरीमा गएर उजुरी दिन सकिने व्यवस्था छ। अपराध पीडित संरक्षण ऐन २०७५ मा उल्लेख भएअनुसार पीडितको व्यक्तिगत गोपनीयताको संरक्षण गरिने व्यवस्था छ। वैवाहिक बलात्कार मुद्दा दर्ता गर्नको लागि एक वर्षसम्म हदम्यादको व्यवस्था गरिएको छ। पीडितले करणी भएको एक वर्षसम्म जुनसुकै समयमा मुद्दा दर्ता गर्न पाउँछन्।

वैवाहिक बलात्कार मुद्दामा मेलमिलाप हुने व्यवस्था भने कानुनमा उल्लेख गरिएको छैन। त्यस्तै, पीडितले बयान फेरेको अवस्थामा, महिला आफ्नै उजुरीविपरीत गएमा (Hostile भएमा), मुद्दा फिर्ता लिन वा यसबाट उन्मुक्ति पाउने भन्ने व्यवस्था यसमा नरहेको बस्यालले बताएकी छन्।

यो पनि पढ्नुहोस्

वैवाहिक बलात्कार मुद्दामा के छ कानुनी व्यवस्था ? (भिडियोसहित)

वैवाहिक बलात्कार मुद्दामा के छ कानुनी व्यवस्था ? (भिडियोसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?