हाम्रोमा एन्टिबायोटिकको गलत प्रयोग छ, साधारण समस्यामा पनि एन्टिबायोटिक खान्छौँ: डा. कटवाल

हाम्रोमा एन्टिबायोटिकको गलत प्रयोग छ, साधारण समस्यामा पनि एन्टिबायोटिक खान्छौँ: डा. कटवाल
+
-

अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदुषणका कारण पनि घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेमा चिकित्सकहरूले आग्रह गरेका छन्। यो हरेक काठमाडौंवासीको समस्या हो।

मास्क नलगाइ हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ। मास्क नलगाइ घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ राजधानीवासीमा। अल्का अस्पतालका नाक,कान तथा घाँटी रोग विशेषज्ञ डा. शास्वत कटवालले मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरु बढेको बताउँछन्।

मौसम परिवर्तनका कारण नाक सुख्खा हुने र संक्रमित बढ्ने गरेको उनको भनाइ छ।

डा. कटुवालले पछिल्लो समय नेपालमा वायु प्रदुषणको मात्रा बढिरहेकाले मास्कको अनिवार्य प्रयोग गर्न र घरबाहिर निस्किएपछि हातमुख राम्रोसँग सफा गर्न सुझाव दिए।

प्रस्तुत छ- अल्का अस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डा. शास्वत कटवालसँग गरिएको कुराकानीको सम्पादित अंश:

मौसम परिवर्तनसँगै अलि बढी नाक, कान र घाँटीका बिरामीहरू बढेको देखिन्छ किन?

हाम्रो नाककाे नर्मल म्युकोजा भन्ने लाइनिङ वेदर चेन्ज (मौसम परिवर्तन) ले गर्दा ड्राइ (सुख्खा) हुन्छ। त्यही भएर संक्रमित हुने सम्भावना बढी हुन्छ। त्यसैले जहिले पनि मौसम परिवर्तन हुँदा संक्रमण हुने सम्भावना बढी हुने हो। धेरैजसो राइनो भाइरस भन्छौँ हामीले। यो चाहिँ जाडो महिनामा संक्रमित हुने सम्भावना धेरै हुन्छ। रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो। हाम्रो नाककाे नर्मल म्युकोजाले राम्रोसँग काम गर्न नपाएर संक्रमण बढिरहेको हुन्छ ।

नाक, कान र घाँटी फरक काम गर्छन् तर कसरी अन्तर सम्बन्धित छन् ? यिनीहरू कसरी जोडिन्छन् ?

रुघा लागिराख्यो भने नाक र कान बीचको (पाइप) नशा बन्द हुन्छ। यसले गर्दा कानमा वा घाँटीमा इन्फेक्सन देखिनसक्छ। नाक र कानको बीचको (पाइप) नशा जुन इन्टरकनेक्टेड छ, त्यसले गर्दा इन्फेक्सन एक अर्कामा जाने भएकाले गर्दा नाक, कान, घाँटीसँगै जेडिएर आउँछ।

कुनै बेला पनि नाक, कान र घाँटीको समस्या आइरहेको नै हुन्छ तर हामीले त्यसको उपचार घरबाट नै खोजिरहेका हुन्छौँ यसलाई कसरी हेर्ने ?

धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्यास्ट्रिकले गर्दा धेरै फरक पार्छ। हाम्रो समस्या के छ भने नाक अलि
दुख्यो भने पिनास भयाे भन्छाैँ अनि अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौँ र एन्टिबायोटिक खाइहाल्छौँ। धेरैजसो समयमा भने इन्फेक्सन भएको हुँदैन। प्रायः हामीले एक्स्ट्रिम अफ टेम्पेचर फुडहरू नखाने हो भने पनि धेरै फरक पर्छ। ओरलाइजिङ मेन्टेन गरेको खण्डमा पनि धेरै फरक पर्छ। हामी एकै पटक एन्टिबायोटिकमा जम्प गर्नुपर्ने हुँदैन।

हामी सामान्य रूपमा घरबाट नै समाधान खोज्छौँ तर बिरामी धेरै भइसकेपछि मात्रै अस्पताल जान्छौँ, यसलाई कसरी सुधार्न सकिन्छ ?

हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन। पहिला घरायसी उपचार नै गर्ने हो। त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन। तर एक-दुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ।

नाका, कान र घाँटीका समस्या हुँदा, कस्तो अवस्थामा अस्पताल जानुपर्छ?

नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो। हाम्रो अरू ठाउँमा काटिएको जस्तै हो। तर हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौँ- फुटिसकेपछि समस्या धेरै हुने हो। त्यसले हामीलाई प्रेसर बढाउँछ। हामीले नाक पिन्च गरेर बस्ने हो भने रोकिन्छ। त्यसपछि हामीले खोज तलास गर्नुपर्छ कि अरू रोगले पो नाकबाट रगत आएको हो कि भनेर । ९० प्रतिशत जति केसहरूमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो। हामीले घाँटी दुख्नेबित्तिकै एजिथ्रोभाइसिन ४-५ दिनसम्म चलाइदिन्छौँ। २१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु।  ठिक भए पनि नभए पनि उहाँले खाइरहनुभएको थियो। ठिक नभएकाले लगातार २१ दिन खानुभएको थियो। हामीले यदि सहन गर्नसक्ने क्षमता भन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो। नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ।

प्रदुषणको क्रम बढिरहेको छ, सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने ?

हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ। त्यसैले  हामी घर पुगेपछि सफा पानीले नाक सफा गर्नुपर्छ। त्यसपछि कुल्ला पनि गर्नुपर्छ। यसले पनि संक्रमित हुनबाट बचिन्छ। हाम्रोमा एन्टिबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ। हामी साधारण कुरामा पनि एन्टिबायोटिक खान्छौँ। त्यो ठूलो गल्ती हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष