‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ: अध्यक्ष मगर

‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ: अध्यक्ष मगर
+
-

काठमाडौँ – आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन्।

संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन्।

अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका थिए।

आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकअर्कामा जोडिएको भन्दै उनले आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवद्धन गर्नुपर्नेमा जोड दिए।

नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पक्ष राष्ट्र रहेको भन्दै महासन्धि नम्बर एक सय ६९ अनुरूप संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आदिवासीको अधिकारको प्रवद्धन र रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष