
नेपालगञ्ज – थालासेमियाका विरामी बढेका छन् । बंशाणुगत रोगको रुपमा रहेको थालासेमिया थारु समुदायमा बढी देखिएको छ।
विश्व थालासेमिया सचेतना दिवसका अवसरमा नेपालगञ्जमा आयोजित कार्यक्रममा कान्ति आरोग्य अस्पतालका डा. रोमा बोराले थालासेमियाका विरामीमा ८० प्रतिशत थारु समुदाय र २० प्रतिशत अन्य समुदाय रहेको जानकारी दिइन्।
नेपालगञ्ज उपमहानगरपालिकामा १४ जना विरामी देखिएको त्यसमा थारु, मधेसी, मुस्लिम, जनजाती रहेका छन्। थालासेमिया सिकलसेल एनिमियाजस्तै रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याको रुपमा परिभाषा गर्दै एक लाखसम्मको औषधी निशुल्क दिने गरेको छ। रगतकै समस्या रहने थालासेमियालाई जनस्वास्थ्य समस्याको रुपमा राखेर सरकारले निशुल्क औषधी उपलब्ध गराउनु पर्ने सम्बद्धले माग गरेका छन्।
बर्दियाका फकिरे थारु, दीपक थारु, बालकृष्ण चौधरीले थालासेमियाका विरामीलाई पनि राज्यले निशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले अहिले रगत खोज्न, आइरन जाँच गर्न र अस्पतालमा बेडको समस्या भोगिरहेको बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले नेपालगञ्जमा थालासेमियाको पहिचान, उपचार र सचेतना फैलाउने काम गरिरहेको बताए।
डा। बोराका अनुसार, थालासेमिया रोक्नका लागि विवाह गर्दा नै ध्यान पु¥याउनु पर्छ । थालासेमिया भएका महिला र पुरुषका बीचमा विवाह नगर्दा यो रोग बच्चामा सर्दैन। एक जनामा थालासेमिया छ भने उसले थालासेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ। बच्चामा थालासेमिया सरिसकेको छ भने उसको विवाह थालासेमिया नभएकासँग विवाह गरिदिनु पर्छ । थालासेमियाको उपचार भन्दा पनि हुन नदिन विवाहमै ध्यान दिनु पर्ने डा. बोराको सुझाव छ ।