यी हुन् हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरू (सूचीसहित)

यी हुन् हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरू (सूचीसहित)
+
-

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हालसम्म १२ जना पक्राउ परेका छन्।

यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले हा‍इप्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुको बयानका आधारमा सो प्रकरणमा संलग्न अन्यलाई समेत पक्राउ गरिरहेको छ। प्रहरीले हिजो मात्रै थप २ जनालाई पक्राउ गरेको थियो।

साथै आज पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूलाई आजै जिल्ला अदालत, काठमाडौँ उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म पक्राउ पर्नेहरूको नाम:

१.  पूर्वगृहमन्त्री बालकृष्ण खाण

२.  पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी

३.  सरकारका सचिव टेकनारायण पाण्डे

४.  तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई

५. नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी

६.  सानु भण्डारी

७.  सन्देश शर्मा

८.  सागर थुलुङ राई

९.  केशव दुलाल

१०.  टंक गुरुङ

११.  रामशरण केसी

१२.  गोविन्द चौधरी

यही प्रकरणमा मुछिएको पाएपछि पक्राउ पूर्जी जारी हुँदा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ। यता, नेकपा एमालेले कानुनी कारबाहीको अन्तिम टुंगो नलागेसम्म टोपबहादुर रायमाझीलाई एमालेबाट निलम्बन गरेकाे छ।

उता नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो पनि पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?