
पोखराः गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा.सुवास अधिकारी फेरि दोहोरिएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई आयोगको सदस्य बनाउने निर्णय गरेको हो।
उनी नेकपा माओवादी केन्द्रको कोटाबाट सदस्य बनेका छन्। तनहुँ म्याग्दे घर भएका अधिकारीको यो तेस्रो नियुक्ती हो। उनी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पहिलो पटक योजना आयोगको सदस्य भएका थिए।
दोस्रो पटक खगराज अधिकारी नेतृत्वको सरकारमा नियुक्ती पाए। सत्ता समीकरण फेरबदल भएसँगै फेरी तेस्रो पटक उनले गण्डकीको योजना आयोगको सदस्य बन्ने मौका पाएका छन्।