
पोखरा- पोखरा महानगरपालिकाले पेट्रोल पम्पको अनुगमन गरेको छ। मंगलबार महानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको अनुगमन गरेको हो। पाँच पेट्रोल पम्पमा अनुगमन भएको छ।
हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुल आय स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिस्टिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिस्ट्रिब्युटर्समा अनुगमन गरिएको हो।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका समेत सहभागी थिए।
डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नवीकरण भए/नभएको अनुगमन गरेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताए। परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको पौडेलले जानकारी दिए।
उनका अनुसार केही पम्प महानगरमा बिना दर्ता सञ्चालन पाइएको छ। महानगरमा दर्ता गर्न निर्देशन दिइएको छ।
थप तस्बिर: