काठमाडौँ – टिकापुर घटनाका आरोपी रेशम चौधरीलाई कैलाली जिल्ला अदाल र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको छ।
साधक जाँचका लागि सर्वोच्च पुगेको मुद्दाम अन्तिम सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशम चौधरीलाई गरेको सजायलाई सदर गरेको हो।
उच्च अदालत दिपायलले जन्मकैद गरेका १० जना मध्ये तीन जनाको हकमा भने सर्वोच्चले फैसला उल्टाएको छ। सात जनाको रेशमसहित सात जनाको सजाय सदर भएको सर्वोच्चको संक्षिप्त आदेशमा उल्लेख छ।

भर्खरै
लोकप्रिय






































































































































































































