नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति
+
-

काठमाडौँ – नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन् तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।

शुक्रबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यू एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन् तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको हो।

सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखिएको नीति, योजना तथा अनुगमन महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताए।

उनले नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेको सर्वेक्षणले देखाएको बताए। उनका अनुसार ९४ प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मी, नर्स, अनमीबाट गर्भवती सेवा प्राप्त गरेको सर्वेक्षणले देखाएको छ।

बच्चा जन्मेपछि १० मध्ये ७ महिला र नवजात शिशुलाई जन्मेको दुई दिनभित्र स्वास्थ्य जाँच गराइएको सर्वेक्षणले देखाएको छ। नेपालमा ५७ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने, ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने र १५ प्रतिशतले परम्परागत विधिहरु प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ।

२०२२ एनडीएचएसमा नेपालले कुल प्रजनन् दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ। विगत साढे दुई दशकमा नेपालमा प्रजनन् दर आधाले घटेको तथ्यांकले देखाएको छ।

त्यस्तै, ५ वर्षमुनिको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको सर्वेक्षणले देखाएको छ। पुड्कोपन पनि २०२२ मा २५ प्रतिशतमा झरेको छ, १९९६ मा ५७ प्रतिशत रहेको थियो।

त्यस्तै, किशोरीवस्थाको प्रजनन् दर उच्च रहेको छ। जसमा १५ देखि १९ उमेर समूहका १४ प्रतिशत किशोरीहरु गर्भवती हुने अध्ययनले देखाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष