कोरियाबाट फर्केकाले किन घेरे ईपीएस कार्यालय?

+
-

काठमाडौं- कोरियामा ५ वर्ष बसेर नेपाल फर्किएकाहरुले पुन: कोरिया जान नपाएको भन्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् ।

ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरेका हुन्।

दक्षिण कोरियाका रोजगारदाताले एक पटक कोरिया पुगेर आएका भन्दा पनि नयाँ कामदार लैजाने गरेपछि यसअघि नै कोरियामा काम गरेर फर्किएकाहरु रोजाइमा नपरेको गुनासो उनीहरुको छ।

‘कोरिया रिटर्नी’हरुमधध्ये पुन: भाषा परीक्षा दिएर सूचीमा रहेका मध्ये ५ प्रतिशत पनि जान पाएका छैनन्। आफूहरुलाई विभेद गरिएको उनीहरुको गुनासो छ। करिब ७-८ सयको संख्यामा उपस्थित भएर उनीहरुको माग सम्बोधन गर्न दबाब दिएका हुन्।

यसैक्रममा पीडित र ईपीएस शाखा कार्यालयबीच सहमति भएको शाखा प्रमुख पुष्पराज कट्वालले बताएका छन्। परीक्षा पास भएर बसेकाहरुलाई नलगेसम्म नयाँ परीक्षा नगर्ने, महिलाको हकमा छुट्टै कोटा छुट्याउने लगायतको सहमति भएको छ।

पीडित मध्ये सबै प्रदेशबाट २/२ जना प्रतिनिधि सहितको टोली र ईपीएस शाखा कार्यालयका प्रतिनिधिको टोलीले उक्त सहमति गरेको हो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष