छिमेकी देशका पाहुनाले पर्यटनमा आश

छिमेकी देशका पाहुनाले पर्यटनमा आश
+
-

पोखराको फेवातालस्थित क्यापिङ चोकमा शुक्रबार र शनिबार चिनियाँ पर्व ‘ड्रागन बोट रेस फेस्टिबल’ धुमधामले मनाइयो। झन्डै २ हजार वर्ष पूरानो चिनियाँ मौलिक पर्वमा चिनियाँ भिआइपीसहित खेलाडी सहभागी भए।

दक्षिण एसियामै पहिलो पटक पर्यटकीय सहर पोखरामा मनाइएको यो पर्व नेपालीले बडो चाख मानेर हेरे, रमाए। नेपालमा बस्दै आएको चिनियाँमा फेस्टिबलको उल्लास थियो। फेस्टिबल मनाउने दौरानामा नेपाल र चीनको संस्कृति आदान-प्रदानसमेत भयो।

फेवातालमा भएको ड्रागन बोट रेस फेस्टिबलले पोखरेली पर्यटन व्यवसायीलाई आशाको सञ्चार गराएको छ। कोरोनापछि घटेको चिनियाँ पर्यटकको आगमन बढाउने व्यवसायी बताउँछन्।

बेलाबखतमा हुने पर्यटकीय गतिविधिले पर्यटक भित्र्याउन सघाउने होटल व्यवसायी संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्। ‘यस्ता खालका इभेन्टले पोखरामा आशा पलाएको छ’, उनले भने।

३ वर्षसम्म कोरानाले थलिएको पर्यटन अब कष्टकरपूर्ण नहुने उनको विश्वास छ।

चीनबाट सिधा पोखरा चार्टरै भए पनि नियमित उडान हुनुपर्ने उनको माग छ। ‘घुम्न निस्कने १ प्रतिशतमात्रै भए पनि चिनियाँ पर्यटक नेपाल ल्याउन सकियो भने ठूलो उपलब्धी हुन्छ। लाखौँ पर्यटक हामी भित्र्याउन सक्छौँ’, उनले भने, ‘हामीले दिइरहेको रोजगारीलाई थप गर्न सक्छौँ। व्यवसाय अझ प्रवर्द्धन हुन्छ।’

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण २०७६ चैतको दोस्रो सातादेखि नेपालमा लकडाउन सुरु भयो। महिनौँसम्म भएको लकडाउनले सबै क्षेत्र ठप्प भयो। लकडाउनले पर्यटन क्षेत्र थला पर्‍यो।

लकडाउन खुलेपछि अहिलेसम्म पनि विदेशी पर्यटकको आगमनले लय समात्न सकेको छैन। छिमेकी मुलुक चीनले त नेपाल भ्रमणमा लगाएको प्रतिबन्ध चैतको अन्तिम साता खुलाएको हो।

भ्रमण प्रतिबन्ध खुलेपछि पनि चिनियाँ पर्यटकको आगमन उत्साहजनक छैन। पोखरामा मनाइएको ड्रागन बोट रेस फेस्टिबल चिनियाँ पर्यटकको आगमन बढाउने आशमा रहेको महिला पर्यटन व्यवसायी मञ्चकी उपाध्यक्ष ममता न्यौपाने बताउँछिन्।

उनले भनिन्, ‘फेवातालमा भएको ड्रागन बोट रेसले पर्यटन प्रवर्द्धनका लागि असाध्यै टेवा पुर्‍याउनेछ। चिनियाँ पर्यटकको संख्या बढ्ने आशा राखेका छौँ। हेरौँ- हाम्रो आश पूरा हुन्छ होला।’

कोरोनापछि पर्यटनले लय समात्न निकै कठिन भइरहेको बेला ड्रागन रेस कोशेढुंगा बन्ने उपाध्यक्ष ममताको भनाइ छ।

नेपाल हवाइ खेलकुद संस्था (ना) का महासचिव खेमराज अचार्य पनि चिनियाँ पर्यटक बढाउन फेस्टिबलले सघाउनेमा सहमत छन्। उनी भन्छन्, ‘चाइजिन पर्यटकहरु नगन्य संख्यामा पोखरा आइरहेका छन्। यसले ठूलो पुर्नजागरण हुन्छ, चाइनिज पर्यटक धेरै भित्रिन्छन् भन्ने विश्वास लिएका छौँ।’

चिनियाँ सञ्चारमाध्यमबाट दक्षिण एसियामै पहिलो पटक पोखरामा मनाइएको फेस्टिबलबारे चर्चा भइरहेकाले पर्यटक बढ्नेमा उनी विश्वस्त छन्। नेपालको पर्यटनको आधार चिनियाँ पर्यटक भएको उनले बताए।

‘फेस्टिबल मनाएपछि फेरि चाइनिज पाहुनाहरू नेपालमा अत्यधिक आउनेछन्’, महासचिव आचार्यले भने, ‘दुई देशको संस्कृतिबीचमा पनि सेतुको काम गरेको छ।’

बर्खायाममा मनाइएको फेस्टिबलले पोखरा बाह्रै महिना पर्यटनका लागि उपयुक्त छ भन्ने सन्देश फैलाएको टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए। ‘कोभिडपछि जुन सुस्त गतिमा पर्यटन छ। यस गतिविधिले उचाल्न सघाउँछ’, उनले आशाको सञ्चार सुनाए।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाले ड्रागन बोट रेस फेस्टिबल आयोजना गरेका हुन्। चीनले ५० बढी देश र क्षेत्रमा मनाउने ड्रागन बोट रेस फेस्टिबलले पर्यटको संख्या त बढाउँछ नै पोखरा ब्रान्डिङसमेत गर्ने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य बताउँछन्।

पोखरा सबैखाले पर्यटकको लागि खुला ठाउँ भएको सन्देश दिन फेस्टिबल आयोजना गरेको प्रमुख आचार्यले बताए। ‘यो स्पोर्टस् टुरिजमका लागि पनि महत्त्वपूर्ण ठाउँ हो भनेर सन्देश दिनेछ’, उनले भने, ‘अर्को पोखरालाई जसरी हुन्छ हामीले ब्रान्डिङ गर्ने प्रचार गर्ने हाम्रो मिसनअनुसार यो कार्यक्रम पोखरामा गरियो।’

आगामी वर्ष पनि पोखरामा फेस्टिबल मनाउने उनले बताए।

पोखराले चिनियाँ मात्रै नभएर भारतीय पर्यटकको पनि आश गरिरहेको छ। गर्मी छल्न आएका भारतीय पर्यटकले यतिबेला पोखरा गुल्जार छ। गत बुधबार भारतीय दूतावासले पोखरामै अन्तर्राष्ट्रिय योग दिवस मनाएपछि भारतीयको संख्या अझै बढ्ने व्यवसायीले बताइरहेका छन्। भारतीय पर्यटक भित्रने सबैजसो सडकको बिजोग हुँदा भारतीय पर्यटक भित्र्याउन समस्या भएको गुनासो छ।

पोखराले पर्यटक डाक्न पर्यटकीय गतिविधि गरिरहेको छ। जेठमा मात्रै एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्ट भएको थियो।

अंग्रेजी र नेपाली नयाँ वर्षमा लेकसाइडमा हुने महोत्सवले विदेशी पर्यटक भित्र्याउन केही हदसम्म सघाइरहेको छ। होली, रोपाईं महोत्सव लगायतका कार्यक्रम पनि पर्यटक लक्षित गतिविधि हुन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?