विचौलिया सहकारी, मारमा किसान

विचौलिया सहकारी, मारमा किसान
+
-

पोखरा- मनसुन भित्रिएसँगै किसान धान रोपाइँमा व्यस्त छन्। रोपाइँको बेला हुने रासायनिक मलको हाहाकार यो वर्ष अहिलेसम्म देखिएको छैन। तर सहकारीले विचौलियाको भूमिका खेल्दा किसान तोकिएको भन्दा बढी मूल्य तिरेर मल खरिद गर्न बाध्य भएका छन्।

पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले हेम्जामा युरिया मलको मूल्य प्रतिकेजी २० रुपैयाँ तोकेको छ। प्लास्टिकको २ रुपैयाँ जोडर किसानसँग विक्रेताले २२ रुपैयाँसम्म किसानसँग लिन पाउँछन्।

पोखरा महानगरपालिकासँग अनुदानको रासायनिक मल बिक्री गर्न अनुमति लिएका सहकारीले कमिसनको चक्करमा विचौलिया बनेर व्यक्तिलाई डिपो सञ्चालन गर्न दिएपछि किसान तोकिएको भन्दा बढी मुल्य तिरेर मल खरिद गर्न बाध्य भएका हुन्।

किसानसँग युरिया मलको २५ रुपैयाँसम्म लिने गरेको बुधबार पोखरा महानगरपालिकाले गरेको अनुगमनमा खुलेको हो।

उपप्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलीले हेम्जा र बगरको आधा दर्जन रासायनिक मल बिक्री केन्द्र र एग्रोभेट सेन्टरको अनुमगन गरेको छ।

अनुमगनमा सबैले तोकेको मूल्यभन्दा बढी किसानसँग लिएको पाइएको महानगरका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

‘को कृषकले लानुभाको हो। उहाँको फोन नम्बरसहित भरपाइ गरेर विवरण राख्नुपर्नेमा धेरैजसो संस्थामा नरहेको पाइयो’, उनले भने।

राज्यले नागरिकलाई दिएको अनुदानको मल दुरुपयोग हुन नहुने उनको भनाइ छ।

मापदण्ड पूरा नगरेका रासायनिक मल विक्रेतालाई महानगरले दर्ता, नवीकरण, विषादी बिक्रीको अनुमति, मौज्दात र हिसाब–किताबको कागजपत्रसहित हाजिर हुन निर्देशन दिएको छ।

महानगरले ६९ सहकारी र कृषक समूहलाई अनुदानको रासायनिक मल बिक्री गर्ने अनुमति दिएको छ।

पोखरा महानगरपालिकाले जेठको पहिलो साता लेखनाथ क्षेत्रमा रासायनिक मल बिक्री गर्ने सहकारीको अनुगमन गर्दा सहकारीले कमिसन लिएर व्यक्तिलाई मलको डिपो राख्न दिएको खुलेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?