गठबन्धन फेरिनेमा सत्यता छैन, भ्रम फैलाइयो: अर्थमन्त्री महत

गठबन्धन फेरिनेमा सत्यता छैन, भ्रम फैलाइयो: अर्थमन्त्री महत
+
-

पोखरा- अर्थमन्त्री प्रकाशरण महतले गठबन्धन फेरबदल नहुने प्रस्ट पारेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेता नयाँ गठबन्धन बनाउने सक्रिय बनेको खबरमा सत्यता नभएको उनले स्पष्ट पारे ।

‘यो सबै अफवाह हो, भ्रम हो। संसदमा सबै दलको सबैसँग भेट भइरहेको हुन्छ। त्यसकै आधारमा हामीले के के हुन थाल्यो। यो गठबन्धन नै फेरिन थाल्यो भन्ने भ्रम छ। त्यो भ्रममा कुनै सत्यता छैन’, नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका उनले भने।

प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले वर्तमान गठबन्धन नै अगाडि बढ्ने जिकिर गरे।

उनले भने, ‘यो गठबन्धन अगाडि बढ्छ, काम गरिराख्या छ एउटा निश्चित लक्ष्यका साथ। देशमा सुशासन दिने, आर्थिक वृद्धि गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने, देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने यही उदेश्यका साथ काम गरिराख्या छ।’

यही गठबन्धन अगाडि बढ्ने भएकाले अफवाह र भ्रममा नपर्न अर्थमन्त्री महतकाे अनुरोध छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित गर्दै उनले आकाशको जून तारा झार्छ भन्नलाई सजिलो भएको टिप्पणी गरे। नेपाली कांग्रेस बोल्ने भन्दा देशको आवश्यकताअनुसार काम गरेर देखाउने पार्टी भएको दाबी गरे।

महत्वकांक्षा, आवश्यकता र स्रोतबीचको ग्यापका कारण भनेजस्तो परिणाम दिने काम गर्न नसकेको उनले बताए।

‘त्यसैलाई देखाएर नयाँ नयाँ आएका पार्टीहरुले हामी भाको भए त के के न गर्दिन्छु भनेर उहाँ भन्नुहुन्छ। कतिपयलाई लाग्छ, सामाजिक सञ्जालको जमाना छ काम गर्‍या छ भन्दा कुरो बिक्छ’, कटाक्ष गर्दै अर्थमन्त्री महतले भने, ‘सामाजिक सञ्जालमा एउटै कुरो दोहोर्‍याएर देको दै छ ।’

नेपाली कांग्रेसले हरेक दिन कार्यकर्ताका लागि केही न केहि काम गरिरहेको उनको भनाइ छ ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी गरे। वैदेशिक मुद्राको काफी सञ्चित रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?