एलिजा गौतमले त्यागिन् पाँच महिनामै सक्रिय राजनीति

एलिजा गौतमले त्यागिन् पाँच महिनामै सक्रिय राजनीति
+
-

काठमाडौं- अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् ।

पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् ।

उनले आगामी दिनमा समाजसेवामा लाग्ने बताएकी छन् । सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी हुन् ।

एलिजा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उक्त पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर एलिजा एकाएक चर्चामासमेत आएकी थिइन्। तर त्यसलगतै उनले आवेगमा त्यस्तो भनेको भन्दै स्विकारसमेत गरेकी थिइन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष