सरकारका वेवसाइट नै सुरक्षित छैनः सभामुख पाठक

सरकारका वेवसाइट नै सुरक्षित छैनः सभामुख पाठक
+
-

बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नकसकेको बताएका छन् ।

बिहीबार हेटौंडामा नेपाल दुरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरुका लागि इन्टरनेट र सामाजिक संजालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताए ।

सरकारका कामहरु पेपर लेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरुलाई सुरक्षित गर्नु जरुरी रहेको उनले बताए । सरकारले साइबर सुरक्षा सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाई छ ।

‘हामी पेपर लेस गभर्नेन्स तर्फ अघि बढी रहेका छौं । तर, हाम्रो सरकारको वेवसाइट र डाटा सेन्टरहरु सुरक्षित छैनन् । कुनै पनि समय हाम्रा वेवसाइटहरु ह्याकरले ह्याक गर्न सक्छन् ।’ उनले भने, ‘सरकारले आफ्नो सिस्टम विकास गरेर वेवसाइट र डाटा सेन्टरहरुलाई सुरक्षित गर्नुपर्छ । त्यसका लागि उचित नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारले साइबार सुरक्षा न्यूनिकरणमा जोड दिनुपर्छ ।’

पछिल्लो समयमा साइबर अपराधका घटनाहरुमा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको उनले बताए । सरकारले साइबार अपराध न्यूनिकरण तर्फ आवश्यक तयारी गर्न जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा क्यान महासंघ नेपालका महासचिव एवम् साइबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारीले तालिमको सहजिकरण गरेका थिए । बागमती प्रदेशका ८० जना सांसदहरुको उपस्थिती रहेको उक्त तालिममा साइबार सुरक्षामा तीनै तहका सरकारले इथिकल ह्याकरलाई क्यापिटलाज गर्नुपर्ने बताए । नेपाल बन्छ जब नेमालमा नै बनाइन्छ, सफ्टवेयरबाट समृद्धि भन्ने नारालाई आत्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनु पर्ने उनले बताए ।

प्रविधिको बढ्दो प्रयोगसंगै साइबार सुरक्षाको विषयलाई विद्यालय स्तरबाटै अनिवार्य शिक्षाको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा उनले जोड दिए । साइबर सुरक्षाको चुनौतिहरुलाई न्यूनिकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशन विजय कुमार रायको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा दुरसञ्चार सेवाको पहुँच ७७ वटै जिल्लाका स्थानीय तहमा फोर जि र ब्रोडव्याड इन्टरनेट सेवाको विस्तार भएको बताए । सेवाको विस्तार सहित चुनौती पनि सोही अनुसार बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

‘विगत २५ वर्षदेखि नेपाल दुरसञ्चार प्राधिकरणले दुरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा काम गर्दै आएको छ । दुरसञ्चार सेवाको विकास तथा विस्तारको लागि नीति निर्माण गर्ने कार्यमा सरकारको सल्लाहकारको रुपमा काम गरिरहेको छ । गुणस्तरीय तथा उचित मुल्यमा दुरसञ्चार सेवा उपलब्ध गराउन र सेवा प्रदायकहरुबिच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने काम गरिरहेको छ’ उनले भने ।

हाल करिब ९५ प्रतिशत जनसंख्यामा मेबाईल ब्रोड व्याण्ड सेवा र करिब १२५ प्रतिशत जनसंख्यामा मोबाइल टेलिफोन सेवाको पहुँच पुगिसकेको उनले बताए । ब्रोड व्याण्ड इन्टरनेट सेवाको विस्तारसँगै अनलाईन सेवाहरुको उपलब्धता र प्रयोगमा पनि वृद्धि हुँदा जोखिम पनि सोही अनुपादमा बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

‘बालबालिका देखि नीति निर्माणकर्ता समेत अनलाइन जोखिममा पर्ने गरेको र साइबर आक्रमणको सिकार बनेका छन् । डिजिटल भुक्तानि प्रविधिमा बढ्दो आकर्षणले थप सुरक्षा चुनौती थपिएको छ । यसको न्यूनिकरण जरुरी रहेको र आम नागरिकदेखि नीति निर्माणकर्ताहरु सो जोखिमको नियन्त्रणमा जागरुक हुनु आवश्यक रहेको छ’ उनले भने ।

साइबार सुरक्षाका विषयमा नीति निर्माणसँगै चुनौती न्यूनिकरणका लागि आम नागरिकहरुलाई अभिमुखिकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ । मल्टि फ्याक्टर अथेन्टिकेशन र आफ्नै नामको सिमकार्ड प्रयोग गर्दा साइबर सुरक्षा जोखिम कम हुने उनले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष