प्रधानमन्त्री दाहालको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टा पर सर्‍यो

प्रधानमन्त्री दाहालको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टा पर सर्‍यो
+
-

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार दिउँसो एक बजे तय भएको प्रतिनिधिसभा बैठक अपरान्ह तीन बजेका लागि सारेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख घिमिरेले बैठक दुई घन्टा पछि सारेका हुन्।

टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामनासमेत दिए।

संघीय संसदको अवरोध हटाउन तीन मुख्य दलका प्रमुख अहिले छलफलमा छन्। प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सिंहदरबारमा जारी छ।

यता, आज बसेकाे राष्ट्रियसभाको बैठक एमालेले अवरुद्ध पारिसकेकाे छ।

प्रचण्डको एक विवादास्पद अभिव्यक्तिका कारण प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पार्नुका साथै राजीनामासमेत मागेको छ।

प्रचण्डले गत सोमबार एक औपचारिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यावसायी प्रीतम सिंह पटक-पटक दिल्ली गएका बताएका थिए।

उक्त अभिव्यक्तिपछि प्रचण्डको चौतर्फी विरोध भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?