हवाई क्षेत्रमा देखिएको अस्पष्टता परास्त गर्न ७ दिने तालिम

हवाई क्षेत्रमा देखिएको अस्पष्टता परास्त गर्न ७ दिने तालिम
+
-

काठमाडौँ – मिडिया एकेडेमी नेपालको आयोजनामा ७ दिने हवाई तथा मौसमसम्बन्धी तालिम भइरहेको छ। तालिम २४ गतेबाट सुरु भएको हो।

हवाई तथा मौसमका विषयमा पत्रकारहरूमा देखिएको अस्पष्टतालाई परास्त गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको मिडिया एकेडेमी नेपालका निर्देशक डम्बर शाहुले जानकारी दिए।

उनका अनुसार तालिममा ६२ जना सञ्चारकर्मीहरू सहभागी रहेका छन्। नागरिक उड्डयन प्राधिकरण, प्रेस काउन्सिल नेपाल र वायु सेवा सञ्चालक संघको सहकार्यमा मिडिया एकेडेमी नेपालले सो तालिमको आयोजना गरेको हो।

तालिमको पहिलो दिन जहाजको विकासका बारेमा नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले प्रशिक्षण गरेका थिए। त्यस्तै, दोस्रो दिन पाइलट विनोद पुरीले जहाजको बनावट र विशेषताबारे प्रशिक्षण गरेका थिए भने सोही दिनको दोस्रो सत्रमा नागरिक उड्डयन प्राधिकरणका सेफ्टि शाखा प्रमुख राजु श्रेष्ठले जहाजको सुरक्षाबारे प्रशिक्षण गरेका थिए।

तेस्रो दिन हवाई क्षेत्रका विज्ञका रूपमा परिचित मेहेन्द्र कुमार श्रेष्ठले जहाजलाई कसरी सुरक्षित राख्ने र के–के कारणले जहाज दुर्घटना हुन्छ भन्ने शीर्षकमा प्रशिक्षण गरेका थिए। तेस्रो दिनको दोस्रो सत्रमा उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले जहाजको राष्ट्रिय अन्तर्राष्ट्रिय नियमन संस्थाहरूको विषयमा प्रशिक्षण गरेका थिए।

तालिम अझै ४ दिन सञ्चालनमा रहने छ। मिडिया एकेडेमी नेपालले मिडिया सम्बन्धी विभिन्न कार्यशाला, गोष्ठी, प्रदर्शनी र खोज अनुसन्धानका कामहरू गर्दै आइरहेको छ।

सन् २०१७ मा सुरु भएको एकेडेमीले हाल सम्म ४ सय ७२ जना व्यक्तिहरूलाई विभिन्न तालिम दिइ रोजगारीको अवसर पनि जुटाइदिएको जनाएको छ।

२०१९ मा भृकुटीमण्डपमा पहिलो पटक दक्षिण एसियाली मिडिया प्रदर्शनी तथा सम्मेलनको आयोजना गरेको मिडिया एकेडेमीले नेपाली मिडिया र पत्रकारहरूलाई सिक्ने, सिकाउने अवसर प्रदान गरेको छ।

मिडिया एकेडेमी नेपालले सञ्चार क्षेत्रसँग सम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ, जसमा टेलिभिजन रिपोर्टिङ, समाचार लेखन, क्यामेरा, न्युज एडिटिङ, टेलिभिजन समाचार वाचन, आदि रहेका छन्।

मिडिया एकेडेमी नेपाललेको बिट पत्रकारिता तालिमअन्तर्गत पहिलो चरणमा हवाई तथा मौसमसँग सम्बन्धी तालिम भइरहेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष