
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन्।
शुक्रबार काठमाडौँमा ५८ औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने बताए। मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण रहेको बताएका हुन्।
देशमा अफ्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने उनले बताए। उनले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए।
उनले भने,’समाजसेवामा फाइदा लिने मानिसहरु लागेर काम छैन। जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै यो क्षेत्रमा ठिक हुन्छ। त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अफ्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ। यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन। शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म।’