रुकुमपूर्वमा पनि देखिन थाल्यो डेंगी 

रुकुमपूर्वमा पनि देखिन थाल्यो डेंगी 
+
-

रुकुमपूर्व- रुकुमपूर्वमा पनि डेंगी पोजेटिभ देखिएको छ। मोरङ घर भइ हाल व्यापारको सिलसिलामा रुकुमपूर्व आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगी पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए।

उनी बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए। डेंगीसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेंगी पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्रराज कोइरालाले जानकारी दिए।

उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो।
पछिल्लो समय डेंगी बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शङ्कास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा कोइरालाले बताए। सोही क्रममा राईको परीक्षण गर्दा जिल्लामै पहिलो पटक एक जनामा डेंगी पोजेटिभ देखिएको उनको भनाइ थियो।

‘अहिले अस्पतालमा डेङ्गु परीक्षण गर्ने किट सङ्ख्या न्यून मात्रामा छ । अब एक-दुईजना नयाँ सङ्क्रमित थपिनेबित्तिकै ज्वरो आउने सबैमा परीक्षण गर्नुपर्ने हुन्छ’, डा कोइरालाले भने, ‘हामीसँग किट कम भएकाले त्यतिबेला समस्या पर्न सक्छ।’ जिल्लामा आवश्यक पर्ने किट उपलब्धताका लागि सरोकारवाला निकायसँग समन्वय गरिरहेको उनले बताए।
जिल्लामा सङ्क्रमण देखिएपछि अन्यमा पनि डेंगी हुनसक्ने भएकाले सबैले आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?