४० जनालाई रोजगारी दिएको पावन स्वीटस् (भिडियो)

+
-

ललितपुरको झम्सिखेलस्थित पावन स्विट्समा नियमित भेटिने पात्र हुन् इशान पाण्डे। सन् २०१८ मा काठमाडौंको दरबारमार्गमा पावन स्विट्स स्थापना भए यता पाण्डेले बत्तीसपुतली, नयाँ बानेश्वर र झम्सिखेलमा पावन स्विटस् थप विस्तार गरेका थिए।

भैरहवा स्थायी घर भएका इशानको यो पुर्ख्यौली पेशा भने होइन । चीनमा विजनेस मार्केटिङ पढाइ सकेर फर्किएपछि उनी मीठाइको व्यापारमा लागेका हुन्। उनको परिवारमा कोही मीठाइ पसल चलाउँदैनन् तर भैरहवामा नाता पर्नेले मीठाइको व्यापार गर्थे, जसलाई इशानले बाल्यकालदेखि नै देख्दै आएका थिए।

उनलाई अन्य व्यापार व्यवसायमा लाग्न घरपरिवारको सल्लाहसुझाव आइरहे पनि उनले मीठाइ पसल नै चलाए । अहिले उपत्यकामा सबै भन्दा बढी चल्ने मीठाइ पसलमध्ये एक हो- पावन स्वीट्स।

करिब ५० लाख लगानीमा खुलेको पावन स्विट्समा अहिले मासिक ५० लाख बराबरको व्यापार हुँदै आएको बताउँछन् इशान ।

दैनिक ३५ प्रकारको मीठाइ उत्पादन गर्दछ पावन स्विट्सले । यहाँको प्रख्यात मीठाइमा पेडा र रावडी हो । रक्षा बन्धन, तीज, पूजा, विभिन्न विवाह भोज भतेर र दशै तिहारमा अत्यधिक मिठाइ खपत हुने बताउँछन् इशान ।

उनले हालै ४० जना कर्मचारीलाई रोजगारी दिएका छन् उनले । पावन स्वीट्सका मीठाइ उपत्याका लगायत पोखरा र चितवन पनि जाने गरेको छ ।

मासिक २ हजार केजी भन्दा बढी मीठाइ बजारमा पठाउने गरेको छ पावन स्विट्सले । संघर्षमा दिनमा आफैले मीठाइ बनाएको अनुभव सुनाउने इशान पावन स्वीट्सको विशेषता सुनाउँछन् ।

काम गर्न सके नेपालमै प्रशस्त कमाउन सकिने बताउने इशान अहिले पावन स्विट्सलाई देशभर फैलाउने सोचमा छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?