
अमेरिकाबाटै चीन जाने तयारीमा रहेका प्रधानमन्त्रीले किमाथांका र रसुवामा एकएक ट्रान्समिसन लाइन, किमाथान्कामा हाइड्रो प्रोजेक्ट, हिल्सा-सुर्खेत सडक निर्माणमा चीनको अनुमोदन खोज्ने लक्ष्य राखेका छन्, तर चीनको ‘ड्रिम प्रोजेक्ट’ रेल निर्माणमा उनले चासो देखाउने छैनन्। त्यत्तिमात्र होइन, बेल्ट एन्ड रोड इनिसिएटिभ सिद्दान्त विपरीत पहिला एउटा कुनै परियोजना ‘ग्रान्ट’ मा पुरा गर्न चीनलाई आग्रह गर्ने ‘मुड’ मा प्रचण्ड देखिन्छन्।